धनगढी/ईकान्तिपुर—कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । गाउँका ‘गुरुवा’ (थारू समुदायको देउता) मनोज चौधरीले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा आफूमाथि कुटपिट भएको हसिनाले बताइन् । उनका […]
कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुस्थित नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस शनिबार देखापरेका हुन् । चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको नेपाल पंछी संरक्षण सङ्घ (विसिएन) का चरा विज्ञ हिरुलाल डगौराले बताउनुभयो । नेपालमा पाइने […]
धनगढी । कैलालीबाट ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष १० महिना ९ दिन कैद सजाय तोकिएको घोडाघोडी नगरपालिका-१० बस्ने २२ वर्षीय राज कुमार चौधरी पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको मिति २०८१ असार २८ गतेको फैसलाले दोषी ठहर गरेपछि उनी फरार रहेका थिए। चौधरीलाई इलाका प्रहरी […]
काठमाडौं —तारा एयरको टुइनअटर विमानले आज (आइतबार) देखि नेपालगन्ज–टीकापुर–नेपालगन्ज उडान सुरु गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख सुम्मतप्रसाद चौधरीका अनुसार, ताराको टुइनअटरले दिउसो १:२७ बजे नेपालगन्जबाट ११ जना यात्रु र ३ जना एयरलायन्सकै कर्मचारी लिएर टीकापुर पुगेको थियो । टीकापुरबाट उक्त विमानमा १६ जना यात्रु र तीन जना कर्मचारीलाई नेपालगन्ज ल्याएर आएको थियो । […]
बाजुरा बुढीगंगा नगरपालिका- २, नडाङमा आठ वर्षीया बालिका विनिता नेपालीको हत्या भएको छ । मानसिक सन्तुलन ठीक नभएका सोही ठाउँका ४८ वर्षीय नन्दे सनइले बालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हत्यामा संलग्न सनइलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सनइको साथबाट हँसिया, बन्चरो र कोदालो बरामद […]
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलाली ले भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सुन, चाँदी र नगदसहित सुर्खेतको चौकुनी गाउँपालिकाका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय […]
काठमाडौं- कैलाली, बर्दगोरिया गाउँपालिका-२ बौनिया बस्ने द्वारिका प्रसाद धमलाको धमला ट्रेडर्सको कपडाको गोदाममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब ८० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । झापा, गौरादह नगरपालिका-४ डोरामारी बस्ने खड्ग बहादुर कार्कीको गोठमा मंगलबार राति आगलागी हुँदा गोठ, गोठभित्र रहेका चौपाया र नजिकै पार्किङ गरी राखिएको २ थान […]
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा ४९ वर्षीय नरेन्द्रसिंह विष्टले ३० वर्षीया ज्योति विष्टको हँसिया प्रहार गरी हत्या गरेका छन् । प्रहरीले विष्टलाई नियन्त्रणमा लिएको छ ।
कैलाली/रासस- कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय रानाले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए। राना विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले ११ कठ्ठा जग्गामा तरकारी खेती […]
कञ्चनपुर/रासस- जंगली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ। बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन्। ‘दिउँसो घर बारी रेखदेखका लागि आउँछौं,’ उनले भने, ‘साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ।’ हात्तीको बथान अझै […]











