म्याग्दी/ रासस- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे। ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको नुनले परिचित थियो,’ उनले भने, ‘आयोडिन मिसाएको नुन आउन थालेपछि हाम्रो खानीको नुन नर्साङखोलामा बगेर खेर गइरहेको छ।’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ […]
बागमती/ रासस- बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै १ करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएको छ। तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न डिपीआर तयार पारिएको थियो। राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ। ‘आर्थिक वर्ष २०७६/७७ मा सुरुङमार्गको अध्ययन गर्न र […]
काठमाडौँ। अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गरेको छ । मङ्गलवार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ […]
काठमाडौं/रासस- देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व संकलन गरेको छ। घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ। असोज महिनाको तुलनामा कात्तिकमा राजस्व संकलनमा गिरावट आएको हो। असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ […]
दैलेख /रासस। कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् । नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताए । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि ९ […]
काठमाडौं,- बैंकहरूले मंसिरको लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। ब्याजदर घटाउने बैंकहरूमा नबिल, माछापुच्छ्रे, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, एनएमबी, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम कमर्सियल र कृषि विकास बैंक छन्। बैंकहरूको कर्जा लगानी सुधार हुन नसकेपछि ब्याजदर घटाएका हुन्। बैंक मंसिरको लागि ब्याजदर […]
बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य कार्यालय नेपालगन्जले धान खरिद गर्न ढिलाई गरेपछि यहाँका किसानहरु सस्तोमै बिक्री गर्न बाध्य भएका छन् । धान खरिद गर्ने सरकारी प्रक्रिया निकै झन्झटिलो भएका कारण ढिलाई भएको हो । तर हिउँदे खेतिका लागि किसानले बीउ मल किन्न बिक्री गर्न बाध्य भएका हुन । किसानहरुले धान […]
दैलेख/रासस- दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ। चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताए। ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ। चीन सरकारको २ अर्ब […]
काठमाडौं . नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँ […]
लुम्बिनी/रासस — लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईद्वारा प्रस्तावित बजेटमा […]












