राँझा (बाँके), फागुन २२ गते । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । “विगतका […]

डोटी, फागुन१८ गते । डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले मङ्सिरदेखि किसानबाट मकै सङ्कलन गर्न सुरु गरी चैतसम्म प्रमाणीकरणसहित ‘प्याकिङ’ गरेर पुनः […]

    नेपालगन्ज। नेपालगन्जका उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको विषादी नहालेको अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले यहाँ प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज र सो वरिपरिका किसानले उत्पादन गरेका अर्गानिक तरकारी सङ्कलन तथा बिक्री गर्ने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझामा प्राङ्गारिक तरकारी सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपियाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य […]

काठमाडौं। रेसिङ अटोमोबाइल्स प्रा.ली. ले ’दुईमा दुइ’ अफर ल्याएको छ । आफ्नो स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा नयाँ अफर घोषणा गरेको यो कम्पनीले २०८० साल फाल्गुन महिना भित्र गाडी खरिद गर्ने सम्पूर्ण ग्रहकलाई दुइ पटक निःशुल्क फुल सर्भिसिङ्ग उपहारको रूपमा दिने भएको हो । रेसिङ अटोमोबाइल्सले आफ्नो व्यवसायिक जीवनको पहिलो वर्ष सफलतापुर्वक व्यतीत भएको […]

नेपालगन्ज । पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाका रूपमा रहेको नेपालगन्ज नाकाबाट गत केही वर्षदेखि घट्दै गएको जडीबुटी निकासी चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिनाको तुलनामा चालु आवको छ महिनामा जडीबुटी निकासी ३६ प्रतिशतभन्दा बढीले वृद्धि भएको […]

  सिद्धार्थनगर । बुटवलको पुरानो बसपार्कपछाडि रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ को पुनः टेन्डर प्रक्रियामा अलमल गरिएको छ । उपमहानगरपालिका–६ स्थित केन्द्रको सम्झौता अनुसार २०७८ साल भदौ २० गते नै व्यवसायीको म्याद सकिए पनि टेन्डर प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन । विसं २०६४ मा त्रिपक्षीय करार सम्झौता अनुसार निर्माण सुरु भई २०६७ साल […]

  काठमाडौं/ नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको छ। निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २ रूपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ बढाएको जानकारी दिएको छ। ।

बीबीसी । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगका मामिलाको अनुगमन गर्न गठित राष्ट्रब्याङ्कको निकायले दिएको जानकारीअनुसार केही समययता नेपालमा शङ्कास्पद कारोबार वा शङ्कास्पद (वित्तीय) गतिविधिको सङ्ख्या उल्लेखनीय बढेको छ। खासगरी ब्याङ्क तथा वित्तीय संस्था एवं निकायहरूले निगरानी गर्दा शङ्कास्पद पाइएका वित्तीय कारोबार वा गतिविधिलाई स्थापित संयन्त्रमार्फत् केन्द्रीय ब्याङ्कको वित्तीय जानकारी इकाइमा विवरण दिनुपर्छ। त्यो विवरणको […]

काठमाडौँ/रासस । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो । आज तीन सय ६ कम्पनीको एक करोड सात लाख ५१ हजार एक […]