रासस/२८ कात्तिक राँझा (बाँके) । जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी […]

  रासस ।२० कात्तिक, जानकी (बाँके) । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो’, ओठ कपाउँदै अनि आँखभरि […]

  १९ कात्तिक, नेपालगञ्‍ज । जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने ्बिरामीको सङ्ख्या बढ्दै गएको छ । हालसम्म जाजरकोट र पश्चिम रुकुममा घाईते भएका ३८ जनालाई नेपालगन्जका अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगञ्‍जमा ल्याइएसँगै […]

नेपालगन्ज । जाजरकोट भुकम्पमा परि घाइतेहरुको संख्या बढेको भन्दै भेरी अस्पताल परिसरमा ठुलो संख्यामा चिकित्सक, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी परिचालन भएका छन् । भुकम्पका घाइते ८० जना सम्मलाई भेरी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । यस्तै नेपाली सेनाको अस्पतालमा २० र नेपाल प्रहरी अस्पतालमा ५ गरि कुल १ सय ५ जनाको […]

  नेपालगन्ज : जाजरकोट भुकम्पमा परि घाइते भै उपचारका लागि नेपालगन्ज ल्याइएका जाजरकोटका टेकबहादुर पुनको नेपालगन्जास्थित भेरी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले अचेत अवस्थामा ल्याईएका उनको अस्पताल पुर्याइएकोमा मृत्यु भएको पुष्टी गरे । घाइते अन्य २६ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ । अस्पतालमा घाइतेहरु आउने क्रम चलिरहेको छ […]

  शुक्रबार, १७ कात्तिक । आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । र भोली बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मकालाई भिटामिन ‘ए’ र जुका दुवैको औषधि खुवाउन लागिएको हो ।

  रासस,  काठमाडौं, कात्तिक १६ । अझै १९५ स्थानीय तहले आधारभूत तहको अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गरेका छैनन्। सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनका लागि लागि अस्पताल निर्माण गर्ने घोषणा गरे पनि ती स्थानीय तहले निर्माणको प्रक्रिया नै अगाडि बढाएका छैनन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा डिपिआर पेस नगर्दा […]

  काठमाडौँ । जाडो याम सुरु भए पनि काठमाडौँका मुख्य अस्पतालहरूमा डेंगुका बिरामीको संख्या घट्नुको साटो बढ्दो छ । राजधानीको सिभिल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा डेंगु सङ्क्रमित उपचारका लागि आउने क्रम बढेको अस्पतालहरूले बताएका छन् ।ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कले पनि डेंगु सङ्क्रमण बढेको पुष्टि […]

  काठमाडौँ । नेपालले नवजात शिशुको मृत्युदरलाई कम गर्ने प्रतिबद्धता जनाए पनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन । पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर कम भए पनि नवजात शिशुको मृत्युदर कम गर्ने लक्ष्य पूरा गर्न कठिन हुने जनस्वास्थ्यविद्हरू सुनाउँछ्न । नेपालले सन् २०३० सम्ममा नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ सम्म पुर्‍याउने लक्ष्य राखेको […]

बीबीसी / पछिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन्। उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै मासुको उपभोग पनि निकै बढेको हो। अन्य पशुपन्छीको तुलनामा कुखुराको मासुको खपत निकै बढेको उनीहरू बताउँछन्। पोषणविद्‌का भनाइमा नेपालीको प्रोटिनको मुख्य स्रोतको रूपमा मासु रहँदै आएको छ। […]