काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताएकी थिइन्। उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने बताइन्। यसको परिणाम आउन ढिला भए […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
७ मंसिर , बढैयाताल बढैयातालमा संचालित अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका छन् । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा बाके युनेस्को क्लब द्धारा संचालित अपांगता समावेशी शिक्षा कार्यक्रम अन्तरगत आयोजित बालबालिकाको अपांगता पहिचान तथा परिचय पत्र बितरण शिविर वाट १ सय ६४ जना बालबालिका लाभान्वित भएका हुन् । […]
बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ पहिलो संशोधन २०८१ कार्यान्वयनमा आएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो । यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै […]
काठमाडौं/रासस- आगामी पुस ४ गतेदेखि फार्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ। नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फार्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन(बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो। परिषद्का रजिष्ट्रार सञ्जीवकुमार […]
बुटवल/रासस । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या […]
चितवन- चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो। केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टीकृत सेवा अभाव हुँदा बिरामीहरू काठमाडौँ केन्द्रित हुने गर्दथे। पछिल्ला दिनहरूमा विशिष्टीकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण […]
मधुमेह मेटाबोलिक डिसअर्डर हो जसमा बिरामीको रगतमा ग्लुकोजको मात्रा धेरै हुन्छ । मधुमेहले शरीरका धेरै अङ्गहरूमा प्रतिकूल प्रभाव पार्छ, त्यसैले यस रोगबाट बच्नु धेरै महत्त्वपूर्ण छ । मधुमेहबाट बच्न हामीले स्वस्थ जीवनशैली अपनाउनुपर्छ । यसबाहेक तनावबाट टाढा रहँदा पनि मधुमेहबाट बच्न सकिन्छ । मधुमेह अचानक लाग्दैन, हाम्रो शरीरले यो भन्दा पहिले नै केही […]
नेपालगगन्ज। २०७४ सालबाट ओपिडी सेवा शुरु गरेको बॉकेको खजुरामा रहेको सुशील कोइराला क्यान्सर अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा अहम भुमिका निभाउँदै आएको छ । सो अस्पतालमा फोक्सो, स्तन, रक्तनली, नाक–कान–घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली र पिसाब थैलीलगायतका क्यान्सरको उपचार हुॅदैआएको छ । यी सेवा बाहेक अस्पतालले बाल क्यान्सरको उपचार सेवा […]












