बर्दिया —नालामा माछाको खाँदा गुलरिया नगरपालिका–९ टेपरीका ४५ वर्षीय शम्सेर अली नाउको परिवारका ९ जना बिरामी भएका छन् । नालाको माछा चनासँग खाँदा नाउको परिवारका नौ जना झाडा पखाला लागि बर्दिया जिल्ला अस्पतालमा भर्ना भएका छन् । आकस्मिक कक्षमा भर्ना भएकामध्ये ४ वर्षीया रोश्नी नाउको अवस्था चिन्ताजनक भएकोले नेपालगन्जस्थित नर्सिङ होममा रिफर गरिएको अस्पतालका […]
काठमाडौं । सरकारले आज बिहीबार र भोलि शुक्रबार दुई दिन २९ लाख बालबालिकाहरुका लागि राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि खुवाइने बताइएको छ ।
खजुरा । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जयेन्दु बाल सुधारगृहका बालबन्दीहरुमा छालासम्बन्धी रोगको समस्या देखिएको छ । उनीहरूले उपचारका लागि औषधि नपाएको गुनासो गरेका छन् । एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता वसन्त गौतमले उक्त बाल सुधारगृहमा रहेका अधिकांश बाल बन्दीमा छालासम्बन्धी रोगको समस्या रहेको पाइएको बताउनुभयो । सुधारगृहमा रहेकामध्ये आधा जसोमा […]
नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख रेफरल सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पतालले पनि दिनदिनै नयाँ-नयाँ उपचार सेवा बिरामीलाई उपलब्ध गराउन थालेको छ । सोही क्रममा भेरी अस्पताल नेपालगन्जमा थालेसिमिया तथा नन क्रिरोहटिक पोर्टल हाइपर टेन्सनबाट पीडित बर्दियाकी एक बालिकाको स्पलेनोरेनल शन्ट नामक शल्यक्रिया पहिलो पटक सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका अनुसार […]
पाल्पा — पाल्पाको जुठापौवामा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने नौ जना बिरामी परेका छन् । पाल्पा र अर्घाखाँचीको सिमाना रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको पटवाचौरकी ११ वर्षीया बालिका सुनिता बुढाथोकीको मृत्यु भएको गाउँपालिका वडा नम्बर ६ का सचिव तथा स्थानीय हुमबहादुर कुँवरले जानकारी दिएका छन् । उनको शुक्रबार घरमै निधन भएको हो । पट्वाचौरका […]
नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा आगलागी भएको छ । आइतबार दिउँसो साढे चार बजे विभागको सिटी स्क्यान रुमबाट आगो सल्किएको थियो । करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको बारुणयन्त्र शाखाका प्रमुख झइनबहादुर खड्काले बताए । अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक मेसिन, […]
नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिकाले नगर अस्पतालबाटै अब विशेषज्ञ सेवा दिने भएको छ । कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालबाट आइतबार, बुधवार र शुक्रबार विशेषज्ञ सेवा प्रदान गरिने कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । कोहलपुर नगरपालिका स्वास्थ्य बीमा संयोजन समिति संयोजकसमेत रहनुभएका मेयर आचार्यले नेपालगन्ज मेडिकल कलेज कोहलपुरसँगको सहकार्यमा नगर अस्पतालबाटै विशेषज्ञ सेवा दिन लागिएको […]
खजरा । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका छन् भने स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राही बढेका छन् । गत वर्षको तुलनामा यो वर्ष सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका हुन् । स्वास्थ्य बिमा कार्यक्रममा सेवा लिने सेवाग्राही बढेका हुन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनामा सामाजिक […]
बुटवल । २०७४ सालदेखि सङ्घीय सरकारको मातहतमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा हालसम्म सरकारले आन्तरिक सङ्गठनात्मक तथा व्यवस्थापन (ओएनएम) सर्भे स्वीकृति गरेको छैन । दरबन्दी स्वीकृति नगर्दा अस्पताल अहिले करार र काजका कर्मचारीको भरमा छ । सरकारले ६ वर्षसम्म पनि दरबन्दी स्वीकृत नगर्दा करार र ज्यालादारी कर्मचारी राखेर काम गराउनु परेको अस्पताल प्रशासनको […]
खजुरा । नेपाल प्रहरीको नेपाल प्रहरी अस्ताल महाराजगन्ज काठमाडौँको आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको समन्वयमा बाँकेका विभिन्न एकाइमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । प्रहरी दिवस २०८० को अवसर पारेर सोमवार नेपालगन्जमा बाँकेका विभिन्न एकाइमा कार्यरत १ सय ४३ जना पुरुष तथा महिला प्रहरी कर्मचारीहरूको निःशुल्क स्वास्थ्य जाँच गरिनुका […]












