काठमाडौं, कात्तिक २० गते नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघको नयाँ अध्यक्षको जिम्मेवारी निरोज मास्केले पाउनु भएको छ । संघको काठमाडौंमा भएको विस्तारित बैठकले मास्केलाई अध्यक्षको रुपमा जिम्मेवारी दिने निर्णय गरेको हो । मास्केले यसअघि संघको कोषाध्यक्ष पदमा रहेर काम गर्नु भएको थियो । संघका कार्यवहाक अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको विस्तारित बैठकले नेपाल भलिबल संघको […]
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ । अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल […]
नेपालगन्ज- करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा […]
काठमाडौं । महिला एकदिवसीय क्रिकेटको इतिहासमा पहिलोपटक न त अष्ट्रेलिया वा इंग्ल्यान्ड फाइनलमा छन्। यस पटकको विश्वकपले नयाँ विश्वविजेता पाउने निश्चित भइसकेको छ, जहाँ भारत र दक्षिण अफ्रिका आइतबार नवी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा उपाधि भिडन्तका लागि आमनेसामने हुँदै छन्। गएको दशकमा धेरै चुनौती पार गरेका यी दुई टिमले यस पटक पनि कठिन परिस्थितिमा […]
नेपालगन्ज- दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ शुक्रबार बिहानदेखि नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गरेका हुन् । मन्त्री पाण्डेले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भयो । क्लबका अध्यक्ष […]
नेपालगञ्जमा चोरको बिगबिगी भएको छ। घरघरमा चोरी गर्ने चोरहरूले अहिले पसलको सामान चोर्ने गरेका छन् । बाँकेका विभिन्न ठाउँमा प्रहरी सुरक्षाको कमजोरी पत्ता लगाइ चोरहरुले चोर्ने गरेको स्थानीय व्यापारीहरूले बताएका छन् । विशेष गरी लग्दवा, सुर्जेगाउँ र कारकाँदो एरिया एरियामा पछिल्लो दिनमा चोरीका घटनाहरू बढ्दै गएका छन्। आइतबार राति मात्रै नेपालगञ्ज १८ सुर्खेत रोड […]
नेपालगन्ज, कात्तिक २ गते- लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह चाहना शाह तेस्रो एसियन युथ गेम्समा सहभागि हुन बहराइन जानु हुने भएको छ । उहाँलाई लुम्बिनी स्पोर्टस अवार्ड आयोजक रंगशाला नेपाल मिडिया प्रालीले विदाई गरेको छ । शाहलाई नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख उमा थापा, रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक एवम् कालपृष्ठ दैनिकका सम्पादक कमल […]
नेपालगन्ज- नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ । आगामी मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो । बिहिबार आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान […]
नेपालगन्ज । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो । नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशवराज न्यौपानेले देशभरीका २०० बढी खेलाडीको सहभागिता […]
राजन रावत हुम्ला, असोज ३० गते । दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाका ग्रामीण वस्तीमा मौसमी फ्लुका बिरामी बढेपछि स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार गर्न सुरु गरेका छन् । बस्तीमा मौसमी फ्लुका बिरामी बढेको खबर आउन थालेपछि गाउँपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली औषधीसहित गाउँ पुगेका हुन् । ताँजाकोट गाउँपालिका–४ को सिरुपाटामा स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार सुरु गरेको […]












