२०८२ पुष १६ गते बुधबार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश, […]
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ […]
२०८२ पुष १५ गते मंगलबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राती तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा […]
नेपालगन्जमा पार्श्वसंगीत सहित कविता प्रस्तुति हुने भएको छ। कवि बीपी अस्तुका एक दर्जनबढी कविताहरू प्रस्तुत गरिने उक्त कार्यक्रम पुस १९ गते शनिबार अन्तरालले आयोजना गर्दैछ । प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भैरहेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । नेपालगन्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने […]
१४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई वेवास्ता गरे चुनाव हुँन दिन्नौ काठमाडौं । दलित गोलमेच अभियानले दलित समुदायको जनसंख्याको अनुपातमा सिट नदिने राजनीतिक पार्टीलाई वहिस्कार गर्ने चेतावनी दिएको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ र पुराना सबै पार्टीले आफूहरुलाई वेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । दलित गोलमेच […]
सुरुङ्गा (झापा) । झापा गाउँपालिका–२ सडकवारीमा पानीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । घरअगाडि बनेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांस कँडेल आज अपराह्न घरअगाडि पानी जमेको खाल्डोमा डुबेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले […]
विराटनगर । पबीमायाले रक्सी नखान भन्दै सम्झाउँदा उनकै ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ताले हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गुप्ताले टाउकोमा हिर्काएर सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुई सन्तानका बुबा र सवारी चालक ज्वाइँलाई मदिरा सेवन नगर्न भनेर सासूले सम्झाउन खोज्दा हत्या गरेको पाइएको र यसबारे थप अनुसन्धान […]
जनार्जन खत्री सर्लाही। प्रहरीले सर्लाहीको मलङ्गवा नगरपालिका –७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आइतबार पक्राउ गरेको छ । मिकरानीलाई नागरिकतासम्वन्धी कसूर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । वडाध्यक्ष मिकरानीले रामविश्वास रायलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा अनुसन्धानका लागि प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो । […]
काठमाडौं । गत भदौ २३ र २४ गतेको घटनाबारे निवर्तमान गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिँदैछन् । सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी आज बयानका लागि जान लागेका हुन् । लेखकको सचिवालयका अनुसार, सोमबार दिउँसो १२ बजे […]
महोत्तरी /रासस। शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् । पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आजदेखि जाडो बिदाको सूचना आइतबार साँझ नै जारी गरेका […]












