काठमाडौँ । बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय टंगालले आइतबार विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मा।वि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद […]

तस्बिर स्रोत: इन्द्रराज भट्टराई।तस्बिर स्रोत: इन्द्रराज भट्टराई। नेपालगन्ज । तीन महिनाअघि कामको शिलशिलामा भारतमा पुर्‍याइएका सुर्खेतका १८ र २३ वर्षीया युवतीलाई शनिबार नेपाल ल्याइएको छ । केआइएन इन्डियाको नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार उनीहरूलाई गाउँकै दिदी पर्ने एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै दिल्ली पुर्‍याइएकी थिइन्। ुतीन दिन घरको काममा लगाएपछि जबरजस्ती यौन व्यवसायमा संलग्न […]

सेतोपाती/ चीनको हाङ्झाउमा १९औं एसियाली खेलमा आयोजक चीनले पहिलो स्वर्ण जित्न सफल भएको छ। चीनले आइतबार रोइङबाट पहिलो स्वर्ण भित्र्याएको हो। चीनका जु जियाकी र किउ सिउपिङले लाइटवेट महिला डबल्स स्कल्सको उपाधि जितेका हुन्। फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा विहान बादल लागेको बिहानीमा चिनियाँ जोडीले सात मिनेट ६.७८ सेकेन्डको समय निकाल्दै उज्बेकिस्कानका खेलाडीलाई पछि पारे। उज्वेकिस्तानकालुइजाखोन […]

रासस/ चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन्। चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्झाउ पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन्। चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था […]

  काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आइतबार तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ तोकिएको छ ।   […]

  रासस/ काठमाडौँ — हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ । साथै भारतको दक्षिण–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।   हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र […]

बर्दिया — गत भदौ १७ गते बिहान जिल्ला कारागार, बर्दियाबाट फरार भएका कैदी बन्दी टोपे भनिने अजित बुढाक्षेत्री फरार भएको घटनाको सम्बन्धमा छानबिन टोलीले जेलर सन्तोष विकलाई कारबाहीको लागि सिफारिस गरेको छ । ईकान्तिपुरका  अनुसार यसका साथै त्यस दिन खटिएका कारागारका सुरक्षा प्रमुखसहितका प्रहरीहरूलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण […]

  बर्दिया — मधुवन नगरपालिका-३ एकता सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर स्थानीय ६० वर्षीय भदैया थारुको मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।      

  दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछानेको खुकुरी प्रहारबाट मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै […]

बुटवल — लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ । सरकारको भदौ २६ गते बसेको बैठकले रोल्पाका सुधनकुमार वली र कपिलवस्तुका सरोज खनाललाई नियुक्त गरेको हो । दुवै जनाले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् ।   लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेश योजना आयोगको उपाध्यक्षमा तुलसीपुर उपमहानगरपालिका–६ दाङका डा. नहकुल […]