काठमाडौं, २५ भदौ । अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नेपाली नागरिकहरुलाई युएई (दुबई), थाईलैण्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पुर्‍याई राहदानी, […]

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-३ धौलागिरी बस्ने २५ वर्षीय पुष्कर सिरिश र १९ वर्षीय किरण थापा मगर रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । […]

मध्यरातमा मैले आज यो लेखिरहदा खेरि धेरै जना निदाई सक्नुभएको होला , कति जना अझै निदाउनु भएको छैन होला | मान्छेलाई अत्यन्तै पीडावोध र निराशा भयो भने निद्रा नलाग्दो रहेछ जुन आज म महसुस गरिरहेको छु , प्रार्थना गर्छु , जो जति जना निदाउनु भएको छैन , हजुरहरु ननिदाउने कारण मेरो जस्तो नहोस | मैले […]

नेपालगन्ज । कृषिगणना अनुसार नेपालमा अहिले कुल ४१ लाख ३० हजार परिवारले २२ लाख १८ हजार हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ। दश वर्षअघिको कृषिगणनामा ३८ लाख ३१ हजार परिवारले २५ लाख २५ हजार हेक्टरमा कृषिकार्य गरेको पाइएको थियो। राष्ट्रिय जनगणना अनुसार नेपालमा १० वर्षको अवधिमा १२ लाख घरपरिवार थप भएका थिए। त्यसमध्ये कृषि कर्म […]

    भाद्र २५, २०८० सल्यान — सल्यानको बन्गाडकुपिण्डे–२ का बासिन्दाले चन्दा संकलन गरेर तुइन हालेका छन् । डेढ लाख रुपैयाँको लगानीमा दुई महिनाअघि तुइन निर्माण गरिएको हो । प्रतिपरिवार २ हजारदेखि १५ हजार रुपैयाँसम्म उठाइएको थियो । ‘तुइनले केही हदसम्म सजिलो त भयो,’ स्थानीय मानबहादुर घर्तीले भने, ‘तर तुइनबाट खस्ने हुन् कि भन्ने डरले १२/१३ वर्षका बालबालिकालाई […]

भदौ २५ ।  नेपालगञ्ज विमानस्थलबाट आन्तरिक राजस्व कार्यालय तुलसिपुर दांगका एक कर अधिकृत २६ लाख नगदसहित पकाउ परेका छन । एक अधिकृत फरार भएका छ्न । कर अधिकृत    खगेन्द्र सापकोटा २६ लाख सहित पक्राउ परेका छन भने कर अधिकृत दिपक  पौडेल भाग्न सफल भएको स्रोतले जनाएको छ । उनिहरु  रकम  लिएर काठमाडौ जाने क्रममा […]

२०८० भदौ २५ गते (सोमबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती: देशभर आंशिक देखि […]

२४ भदौ, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनालाई साधारण तारेक र अरु सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई तारेखमा छाड्न आदेश दिएको भने सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको हो । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा […]

भाद्र २४, २०८० मकवानपुर — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गरेका छन् । ११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गरे । ईकान्तिपुरका अनुसार उनले प्रधानमन्त्री दाहाल अराजक […]

रासस । २४ भदौ, दाङ । २०५९ साल माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् । उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा […]