गुलरिया — प्रहरीले गुलरिया नगरपालिका १ सेलटाडीगाउँबाट २२ वर्षीय सुरज थारुलाई चेक गर्दा १ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार थारुले लुकाइछिपाई राखेको कालो र निलो प्लास्टिक २ थान पुडियामा १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय,ढोढरीमा राखी अनुसन्धान भइरहेको […]
नेपालगन्ज-अभिभावकमा सचेतनाको अभावले ग्रामिण समुदायका महिलाहरु अझै पनि लैङ्गिक हिंसाबाट पिडित हुने गरेको महिलाहरु बताएका छन । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँकेको डुडुवा गाउँपालिका वार्ड नं. २ मा गरेको समुहगत छलफलका सहभागीहरुले परम्परागत सोचका कारण अझै पनि आफ्ना बालिकाहरुलाई उच्च शिक्षा नदिनु दुर्भाग्यपुर्ण अवस्था रहेको अगुवाहरु […]
नेपालगन्ज –शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालनका लागी प्रशिक्षक प्रशिक्षण (त्इत्)सम्पन्न भएको छ। नेपालगन्जमा दुई दिनसम्म चलेको प्रशिक्षक प्रशिक्षण (त्इत्)मा १० जना प्रशिक्षकहरूको सहभागिता रहेको थियो । द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग सञ्चालित ग्रीन नेपालगन्ज ः सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना र स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले शून्य […]
बबई (बर्दिया)। बर्दियाको सदरमुकाम गुलरियालाई बाढीको जोखिमबाट जोगाउन स्थापना गरिएको बबई–भादा–औरही नदी व्यवस्थापन कार्यालय बर्दियाबाट हटाइएपछि बबई नदी व्यवस्थापन कार्य अधुरै अवस्थामा रोकिएका छन् । सो कार्यालय बर्दियाबाट डडेलधुरा सारिएसँगै नदी कटान रोकथाम र तटबन्ध निर्माण जस्ता महत्वपूर्ण काम ठप्प हुँदा स्थानीयवासी फेरि उही पुरानै जोखिममा परेको गुनासो गर्न थालेका छन् । गुलरिया हुँदै बग्ने बबई […]
काठमाडौं । चोरी र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेका मकवानपुरको मनहरी गाउँपालिका–५ घर भइ काठमाडौं सोल्टीमोड बस्दै आएका ३० वर्षीय सन्तोष गुरुङ रिभल्वरसहित पक्राउ परेका छन् । उनलाई प्रहरी वृत्त कालिमाटीको टोलीले सोल्टिमोडबाट पक्राउ गरेको हो । सोल्टिमोड रेडक्रस मार्गमा रहेको खाली जग्गाको झाडीमा प्लास्टिकले प्याक गरेर उनले लुकाएर हतियार रोखको पाइएको जिल्ला प्रहरी परिसर […]
बिबिसी । नेपाल र भारतका सीमा सुरक्षा निकायहरूबीचको वार्षिक बैठक नोभेम्बर १४ मा दिल्लीमा सम्पन्न भएको थियो। नेपाल र भारतबीचको खुला सीमानामार्फत् हुन सक्ने तेस्रो देशका नागरिकहरूको घुसपैठ रोक्न गुप्तचर सूचना आदानप्रदान अभिवृद्धि गर्ने र सीमा नाकामार्फत् आवतजावत गर्ने विदेशीहरूको अभिलेख राख्न निर्देशन दिइएको अधिकारीहरूले बताएका छन्। नोभेम्बर १५मा नेपालको मार्गहुँदै भारत प्रवेश गर्न […]
काठमाडौँ —मन्त्रिपरिषद्ले २३ असोजमा खारेज गर्ने निर्णय गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति ब्युँताएको छ । सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्ने फैसला सुनाएको हो । न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी हुने फैसला […]
बाँके/रासस । खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम संवत २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालिसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको […]
नेपालगन्ज । भारतसंग जोडिएको नेपालगन्जमा लागुऔषध दुब्र्यसनीको अवस्था भयाभव छ । हाल आएर पहाडि जिल्लामा तस्करी हुन थालेको छ,’ प्रहरी भन्छ,‘भारतमा सस्तोमा किनेर महङोमा बिक्री हुने भएकाले कारोबारी बढेको हो ।’ प्रहरीले लागुऔषध सेवन र कारोबारीको आरोपमा दैनिक १० जनासम्म बढीलाई पक्राउ गर्दै आएको छ । बाँके प्रहरीको हिरासत दैनिक दुब्यर्सनीले भरिने गरेको छ । […]
काठमाडौँ —९८ करोड रुपैयाँ ठगीबारे अनुसन्धान गर्न सीआईबी टोलीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरेको छ । गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । उनी एमालेका पूर्वसांसद समेत हुन् […]











