काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ । सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
नेपालगञ्ज /रासस। रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबारदेखि हटाउन सुरु गरेको छ । उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन सुरु गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए । उनले हरियाली […]
नेपालगन्ज -रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतबाट डेढ दशकअघि पश्चिम तराईलाई लक्षित गरी थारु भाषामा दैनिकजसो एउटा गीत बज्थ्यो । मगरागारी गाउँ, बनवा हुईना ठाउँ डईना पख्ना नाई हो साली कैसे उरी जाउँ छोटीमोटी खोल्टीमा मेघवा फुटुक्का रातभर सल्लाह कर्बी जैबी उरहरका । आधुनिक झै लाग्ने यो गीत सबैको जनजीब्रोमा झुण्डिएको थियो । यो गीत […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् । तर, भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार फरार भएकाहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले यस्तो जानकारी […]
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ । साबिककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको […]
चितवन। नेपालका राष्ट्रिय निकुञ्जमा बाघको संख्या गणना पुस १ गतेदेखि सुरु हुने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको बाघ गणना तीन महिना लगाएर गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट […]
नेपालगन्ज-घरेलु हिंसामा परेका अधिकांश महिलाहरु प्रहरीमा उजुरी गर्ने तर छलफलपछि आफै मिलापत्र गर्दै आएको पाइएको छ । आफन्त, सामाजिक दबाव र एक्लो पर्ने डरका कारण हिंसामा परेका महिलाहरु नचाहेर पनि मिलापत्र गर्न बाध्य भएका हुन । कतिपय पीडित महिलाहरु मिलापत्रपछि फेरि पनि पटकपटक उजुरी दिने गरेका छन् । थोरै मात्रै मुद्दा अदालतमा पुग्ने गरेको छ […]
सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको छ । उनले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । पोखरेलको उपचारकै क्रममा बुधबार […]
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर नभए कारवाही गर्ने चेतावनी दिएको छ । गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् । सो विवरणमा दुई जना बाहेक अरु सबै जेनजी […]












