बर्दिया —पाँच जनाको घरमा आगजनी गरेको आरोपमा सोधपुछका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम गुलरिया नगरपालिका–१० बाजी प्रसियामा अज्ञात समूहले बिहीबार राति एकै परिवारका आफन्तसहित पाँच घर टहरामा आगजनी गरेका थिए । सद्दाम बेहनाको टायलले छाएको घरमा आगजनी सुरु गरेपछि उनका आफन्तको घरमासमेत आगो लगाएको ईस्लाम बेहनाले जनाए । आगजनी हुनासाथ ज्यान […]
२०८२ पुष १२ गते (शनिबार) दिउँसोः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । रातीः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली […]
सुनसरी — सुनसरीको दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रमा बस्ने ३३ वर्षीय मुस्तफा सेखले २८ वर्षीया श्रीमती खुस्बु खातुनलाई बिहीबार शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। इलाका प्रहरी कार्यालय दुहबीका अनुसार घरायसी वादविवादका क्रममा मुस्तफाले श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएका थिए । आगोले जलेर गम्भीर भएकी ती महिलाको त्यहाँ उपचार सम्भव नभएपछि थप […]
काठमाडौँ पुसः पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा […]
जमुनाह (बाँके) । भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ/छैन यकिन […]
गुलरिया— अन्तर जातीय विवाह गरेको विषयलाई लिएर गुलरिया नगरपालिका–१० बाजी प्रसियामा अज्ञात समूहले बिहीबार राति सद्दाम बेहनाको टायलले छाएको घरमा आगजनी गरेका छन् । आगजनीबाट घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । बर्दिया प्रहरीका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार राति पौने ९ बजे आगजनीको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल, […]
बर्दिया ।गुलरिया नगरपालिका–८ सर्जुनदी टपरास्थित उखुबारीमा बच्चासहितको चितुवाले बासस्थान बनाएको छ । अघिल्लो साता उखुबारीमा घाँस काट्न गएको बेला दुई बच्चासहितको चितुवा देखेको स्थानीयले बताएका छन् । यस क्षेत्रमा लागतार चितुवा आक्रमणका घटना हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । दिनहुँ पशुचौपायालाई शिकार बनाउँदै आएको चितुवाले बालबच्चालाई आक्रमण गर्न सक्ने जोखिम बढेको गुलरिया नगरपालिका–८ का […]
२०८२ पुष ११ गते शुक्रबार दिउँसोः तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू-भागमा बिहान केही समय तथा बाँकी तराई भू-भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । […]
बर्दिया —बाँसगढी नगरपालिका–४ मटेरियामा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परी चालक बाँसगढी नपा–६ का २७ वर्षीय राजेश थारुको मृत्यु भएको छ । दुर्घटनापछि उनि गम्भिर घाइते भएका थिए । महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ रोकिरहेको सुप्रप ०२००१ ख ११८८ नम्बरको ट्रकमा भे ११ प ४६३१ नम्बरको मोटरसाइकल रोकिरहेको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । ट्रक चालक […]












