बर्दिया /ईकान्तिपुर—मधुवनस्थित कपास विकास समितिको जग्गा असुरक्षित बन्दै गएको छ । मधुवन नगरपालिका–८ दुर्गापुरमा रहेको समितिको ३ बिघा जग्गा पछिल्लो समयमा असुरक्षित बन्दै गएको हो । उक्त जग्गाको संरक्षणमा बेवास्ता गरिँदा जग्गा हडप्ने दाउमा रहेको गिरोह सक्रिय बनेकाे छ । सशस्त्र द्वन्द्वकालमा माओवादीले कब्जामा लिएको उक्त जग्गामा रहेको भवन २०६४ सालमा अतिक्रमण हटाएर […]
पर्वत । यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको […]
काठमाडौं । मुख्य मन्त्री नियुक्त विवादमा परेकाी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाईराष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई मंगलबार पदमुक्त गरेका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । । स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिंडेकी प्रदेश […]
नेपालगन्ज- नेपालगन्ज सेन्ट जेभियर्स स्कुलको छात्रा टिम बाँकेमा जारी एन्फा यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा सोमबार भएको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स टिमले वेस्टजोन हाईस्कुललाई २–० ले पराजित गरेको छ । नेपालगन्ज सेन्ट जेभियर्सको जितमा कप्तान लक्ष्मी बुढा मगरले १०औं मिनेटमा र आकृति यादवले १६औं मिनेटमा गोल गर्नु भयो । प्रतियोगिताको […]
धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स हत्या, गहना पनि लुटियो जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका ७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको छ । प्रहरीका अनुसार सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर मौसम सफा रहने छ । हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना देखिएको महाशाखाले जानकारी दिएको छ। देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जानकारी दिएको छ। […]
बिबिसि । दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ। दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६:५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोटन भएको जानकारी प्राप्त भएको थियो। त्यसपछि छ वटा गाडीमा आगो लागेको बताइएको छ। त्यहाँ […]
काठमाडौँ /ईकान्तिपुर — साताको दोस्रो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४.१५ अंकले घटेको छ । शून्य दशमलव १६ प्रतिशतले घटेपछि समग्र नेप्से परिसूचक २५ सय ६१ दशमलव ९४ बिन्दुमा ओर्लिएको छ । आइतबार नेप्से ३०.०२ अंकले घट्यो । सोमबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्यो, १५१ कम्पनीको मूल्य घट्यो […]
काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ । त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ […]












