नेपालगञ्ज /रासस। रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबारदेखि हटाउन सुरु गरेको छ । उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन सुरु गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए । उनले हरियाली […]
नेपालगन्ज -रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतबाट डेढ दशकअघि पश्चिम तराईलाई लक्षित गरी थारु भाषामा दैनिकजसो एउटा गीत बज्थ्यो । मगरागारी गाउँ, बनवा हुईना ठाउँ डईना पख्ना नाई हो साली कैसे उरी जाउँ छोटीमोटी खोल्टीमा मेघवा फुटुक्का रातभर सल्लाह कर्बी जैबी उरहरका । आधुनिक झै लाग्ने यो गीत सबैको जनजीब्रोमा झुण्डिएको थियो । यो गीत […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् । तर, भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार फरार भएकाहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले यस्तो जानकारी […]
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहने छ । साबिककै आकार र रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको […]
चितवन। नेपालका राष्ट्रिय निकुञ्जमा बाघको संख्या गणना पुस १ गतेदेखि सुरु हुने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको बाघ गणना तीन महिना लगाएर गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट […]
नेपालगन्ज-घरेलु हिंसामा परेका अधिकांश महिलाहरु प्रहरीमा उजुरी गर्ने तर छलफलपछि आफै मिलापत्र गर्दै आएको पाइएको छ । आफन्त, सामाजिक दबाव र एक्लो पर्ने डरका कारण हिंसामा परेका महिलाहरु नचाहेर पनि मिलापत्र गर्न बाध्य भएका हुन । कतिपय पीडित महिलाहरु मिलापत्रपछि फेरि पनि पटकपटक उजुरी दिने गरेका छन् । थोरै मात्रै मुद्दा अदालतमा पुग्ने गरेको छ […]
सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको छ । उनले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । पोखरेलको उपचारकै क्रममा बुधबार […]
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर नभए कारवाही गर्ने चेतावनी दिएको छ । गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् । सो विवरणमा दुई जना बाहेक अरु सबै जेनजी […]
सुर्खेत। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत पञ्चपुरी नगरपालिका‐५ का ४० वर्षीय महेन्द्र अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अर्यालले बालिकालाई ललाइफकाइ जबरजस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए। पक्राउ परेका अर्याल पंचपुरी–५ स्थित सरस्वती विद्या निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टल सञ्चालक […]












