२८ भदौ, काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको छ । लिबियाका मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् । आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् । डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा […]
काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ । उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, […]
२७ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ प्रतिशतमा आरक्षण दिने प्रस्ताव गरिएको छ । जसमा खस आर्य महिलालाई २७.७ प्रतिशत, आदिबासी जनजाति महिलालाई २५.७ प्रतिशत, मधेशी महिलालाई १५.३ प्रतिशत, दलित महिलालाई १२.७ प्रतिशत, थारु महिलालाई ६.६ […]
काठमाडौँ — सुपर-४ मा श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा पुगेको छ । मंगलबार कोलम्बोको प्रेमदासा रंगशालामा श्रीलंकालाई ४१ रनले हराउँदै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । २१४ रनको सहज लक्ष्य पछ्याएको श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुँदै मात्र १७२ रन बनाउन सक्यो । श्रीलंकाका लागि दुनिथ वेलालागेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए […]
काठमाडौँ — संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक–२०८० मा विद्यालय व्यवस्थापन समितिमा सरकारले वडाध्यक्ष वा निजीले तोकेको वडा सदस्य अध्यक्ष रहने ब्यवस्था हटाएको छ । ‘स्थानीय रूपमा बसोबास गरेको बुद्धिजिवी, शिक्षासेवी, शिक्षाप्रेमी तथा समाजसेवी मध्येबाट कम्तीमा दुई जना महिला समेत रहने गरी समावेशी सिद्धान्तको आधारमा विद्यालय व्यवस्थापन समिति रहने विधेयकमा भनिएको छ । साउन […]
काठमाडौँ — निजी क्षेत्रलाई विद्युत् व्यापार दिनेगरी विद्युत् विधयेक २०८० को मस्यौदा संसदमा दर्ता भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बुधबार विधयेक दर्ता गरेका हुन् । लामो समयदेखि निजी क्षेत्रले माग गर्दै आएको विद्युत् व्यापारलाई ऐनको मस्यौदामा समावेश गरिएको छ । विद्युत् व्यापार तथा प्रसारण लाइनमा निजी क्षेत्रको सहभागितालाई प्रस्तावित मस्यौदाले […]
काठमाडौं ./आपराधिक लाभ(एक्स्टर्सन) लिएको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं काँडाघारीस्थित घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई राखी बोल्न कराउन नदिई बोले कराएमा ज्यान लिने सम्मको धम्की दिई डर त्रासमा पारी कुटपिट समेत गरी जबरजस्ती २० लाख रुपैयाँको चेक र ८ लाख […]
नेपालगन्ज — सरकारले १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पनि बुधबार खोप दिन सुरु गरेको छ । भेरी अस्पताल प्रशासनका अनुसार बुधबार दिउँसो ४ बजेसम्म र बिहिबार पनि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको डेमोस्ट्रेसन सुरु गरिएको हो । भेरी अस्पतालमा धेरै खोप नभएका कारण […]
काठमाडौँ — सरकारले विद्यालय तहमा ४६ हजार दरबन्दी थप गर्ने प्रस्ताव गरेको छ । बुधबार संसद्मा दर्ता भएको शिक्षा ऐन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा राहत, अनुदान, विशेष शिक्षा र प्राविधिक धारका शिक्षक तथा प्रशिक्षकका लागि ४६ हजार नयाँ दरबन्दी थप्ने सरकारले प्रस्ताव गरेको हो । ईकान्तिपुरका अनुसार अहिले कायम रहेको राहत शिक्षक […]











