भदौ २१ बीबीसी । अन्तर्राष्ट्रिय तथ्याङ्कलाई आधार मान्दा प्रत्येक दुईदेखि तीन वर्षको अन्तरालमा लामखुट्टेबाट सर्ने डेङ्गी रोग प्रकोप बनेर फैलिन्छ। गत वर्ष यो रोगले नेपालमा ठूलो क्षति पुर्यायो। डेङ्गीले यो वर्ष पनि उल्लेख्य सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमित बनाइसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन् २०२३ को ज्यानुअरीदेखि अहिलेसम्म देशभरि १३,००० जनालाई डेङ्गीको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी […]
भाद्र २१, २०८० देउखुरी — लुम्बिनी प्रदेशसभाको बिहीबार बसेको २४औं बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेस गरेका छन् । ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ को प्रतिवेदन पेस भएको हो। समितिले यसअघि भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको उपसमितिले विज्ञसहित […]
भाद्र २१, २०८० सुनसरी — सुनसरीको धरान उपमहानगर–१५ बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार बिहान घरधनी सीता धितालको घरमा आगलागी भएको छ । आफन्त भेला भएर दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा घरमा आगलागी भएको हो । आगलागी भएपछि धरानका तीनवटा दमकल तत्काल आएर आगो निभाएका थिए । तर बाटो सानो भएपछि […]
बीबीसी । युक्रेनमा ‘शान्त सहर’ भनिने गरिएको कोस्ट्यान्टिनीभ्कामा बुधवार दिउँसो भएको क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित १७ जनाको मृत्यु भएको छ। उक्त सहरस्थित एउटा व्यस्त बजारमा भएको उक्त आक्रमणलाई युक्रेनमा असामान्य मानिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनालाई “नियोजित आक्रमण” भन्दै त्यसको निन्दा गरेका छन्। उनले उक्त आक्रमण रुसले गराएको आरोप लगाएका छन्। तर रुसले […]
कैलाली, २१ भदौ/ गोदावरी नगरपालिका-१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा […]
काठमाडौं, २१ भदौ/ बर्दिया, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका-९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई बारबर्दिया नगरपालिका-४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
२१ भदौ, दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २४औं बैठक बिहीबार दिउँसो १२ बजे बस्ने भएको छ । करिब एक महिनापछि बस्न लागेको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडि बढाउने तयारी छ ।प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन […]
भदौ २० । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले विदुर नगरपालिका टुप्चे घर भयुटार बस्ने ४नेपाली७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको छ । पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए । कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर उनले खुकुरी हानेको […]
भाद्र २०, २०८०/ असोज ६ र ७ गतेलाई तोकिएको समय तालिका फेरबदल गरिएको हो काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका फेरबदल गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार असोज ९ र १० गते देशभर ग्रेडवृद्धि परीक्षा सञ्चालन हुनेछ । यसअघि असोज ६ र ७ गते परीक्षा […]
२० भाद्र । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दुहरूले मनाइने वार्षिक पर्व हो। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा(आराधना, प्रवचन, भजन ,कीर्तन गर्नुका साथै विशेषगरी […]









