बीबीसी । जाजरकोट भूकम्पपछि शुक्रवार रातियता जारी खोजी तथा उद्धार कार्य अब सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। “अब हामी राहत पुर्याउनमा केन्द्रित भएका छौँ। हिजोबाटै केही स्तरमा सुरु भएको त्यो काम तीन दिनसम्म चल्ने छ,” प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले बीबीसी न्यूज नेपालीसँग सोमवार बिहान भने। “चाहिने जति राहत सामग्री उपलब्ध […]
काठमाडौ . शुक्रबार रातिको भुइँचालोले क्षतिग्रस्त जाजरकोटको घर। तस्बिर: दिपकजंग शाही/सेतोपाटीशुक्रबार रातिको भुइँचालोले क्षतिग्रस्त जाजरकोटको घर। तस्बिर: दिपकजंग शाही/सेतोपाटी जाजरकोट भुइँचालोले कम्तिमा १५७ जनाको ज्यान लियो। सयौं घाइते भए। बढी प्रभावित जाजरकोट र रूकुम पश्चिमका कतिपय गाउँमा क्षति नपुगेका सग्ला घर भेटिँदैनन्। शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो गएको थियो। […]
बीबीसी/ एक महिनाअघि गाजा निवासी जुमाना इमाद बच्चालाई जन्म दिने बेला हुन लागेकी गर्भवती थिइन्। अन्तिम चरणमा पुग्दा बढ्दै गएको भारी जिउको तस्बिर खुसी भएर उनले शेअर गरिरहेकी थिइन्। उनलाई आफूले जन्माउँदै गरेको बच्चा छोरी हो भन्ने थाहा थियो। उनका पति निकै उत्साही थिए। अस्पताल जानका लागि झोला तयारी अवस्थामा थियो। चार वर्षीया पहिलो छोरी […]
काठमाडौँ — आज मंगलबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर दसैं मनाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका […]
नेपालगन्ज, असोज १ बुधबार ४३ औं बिश्व खाद्य दिवसको अबसरमा बाँकेमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । अन्र्तक्रिया कार्यक्रम कृषि ज्ञान केन्द्र, जिल्ला खाद्य अधिकार संञ्जाल, फियान नेपाल, बाँकेको आयोजकनामा सम्पन्न भएको थियो । कार्यक्रममा खाद्य अधिकार सम्बन्धि दुई वटा कार्यपत्र प्रस्तुत गरिएको छ । बाँकेमा कृषिको आवस्थाका बिषयमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले […]
बीबीसी/ काठमाण्ठूका नरेश श्रेष्ठ सन् १९९२ को मार्चमा पहिलो पटक इरानको राजधानी तेहरानस्थित आफ्नो ससुराली पुगेका थिए। विवाहको करिब चार वर्षपछि फरक संस्कृतिको ससुराली देश पुगेको श्रेष्ठले आफ्नो ससुराली घरमा एउटा टेबलमा विभिन्न कुराहरूको साथमा जमरालाई पनि सजाएर राखेको देखे। उनीहरू त्यहाँ पुग्ने बित्तिकै नरेशकी श्रीमती शोले मासूमपुरका मातापिता र मान्यजनहरूले उनीहरूका नाममा एक-एक […]
अनलाइनखबर/काठमाडौं । गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीहरूले २४ भदौमा सिफारिस गरेको कागजात तयार पारेका हुन् । गृहसचिव […]
काठमाडौं । इजरायलमा घाइते भएका दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीले अस्पतालको बेडबाटै भनेका छन्, शल्यक्रिया सफल भएको छ। एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन आग्रह गरेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ यो खबरले […]
नेपालगन्ज । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुस्टि गरिन् । मृतक १) घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने २) जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली ३) बाउनिया–३ कैलालीका आशिष चौधरि ४) लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट ५) सपही–६, धनुषाका आनन्द साह ६) मधुवन–१, सुनसरीका राजेशकुमार […]
ईकान्तिपुर / काठमाडौँ — यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले शुक्रबार सन् २०२३ को विजेता घोषणा गरेको हो । नरगिसलाई इरान सरकारले तेहरानस्थित कुख्यात इभिन कारागारमा राखेको छ । पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी […]