काठमाडौं, २८ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ।   दिउँसाे हिमाली क्षेत्रको थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रमा र तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि […]

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार  पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी […]

नेपालगन्ज । पटक पटक बालबन्दीहरूबिच विवाद, कुटाकुट र झडप हुँदा अस्तव्यस्त र अशान्त बन्दै आएको बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहको सुधारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले पहल सुरु गरेको छ । सो क्रममा सबैभन्दा पहिले सो सुधारगृहको अवस्था बुझ्ने र त्यहाँ रहेका बालबन्दी, सुरक्षाकर्मी र व्यवस्थापन पक्षसँग सुधारका लागि सुझाव सल्लाह लिने कार्य सुरु […]

  जाजरकोट  । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् ।   मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ ।   तोडफोडबाट दुई थान कम्प्युटर फुटको प्रहरीले बताएको छ । यो भन्दा अगाडी […]

काठमाडौं-  काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ३ सय ९० ट्याब्लेट सहित रौतहट गुजरा नगरपालिका-२ कटानी घर भएका १९ वर्षीय वाङ्पो दोर्जे योञ्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९४९ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ […]

फाईल फोटो । बर्दिया — गाउँ पसेर स्थानीयका गाई, गोरु, बाख्रा खाने बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जले गेरुवा गाउँपालिकाको जनकनगरस्थित सामुदायिक वनबाट मंगलबार राति नियन्त्रणमा लिएको छ । बाघको आतंकले स्थानीय त्रसित बनेपछि निकुन्जले उक्त बाघलाई नियन्त्रणमा लिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना र बर्दिया निकुञ्जका कर्मचारीको सहयोगमा मंगलबार राति नियन्त्रणमा […]

बाँकेको राप्तीसोनारीमा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको  छ । वडा ४ का कार्यवाहक अध्यक्ष मङ्गल थारुको अध्यक्षतामा व बैजापुरमा मंगलबार सफलता पुर्वक कार्यक्रम सम्पन्न भएको हो ।  उक्त कार्यक्रममा प्रमुख अतिथी राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल बिशिस्ट अतिथी बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक/प्रशिक्षक कुशल दलामी प्रशिक्षक कबिन्द्र परियार वडा सचीव होम सुर्य के […]

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा प्राथमिक कान उपचार शिविर सम्पन्न भएको छ । शिविरमा ७८ जनाले स्वास्थ्य परीक्षण गरेका थिए। जसमध्ये कान पाक्ने रोग भएका सात जना, कानमा पानी जम्ने तीन जना,कान नसुन्ने ६ ,अपरेसन गर्नुपर्ने ४ जना कानमा मेसिन प्रयोग गर्नुपर्ने पाँच जनाको स्वास्थ्य परीक्षण गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष तरुण […]

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।   काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज सो म्याद थप भएको हो । यही चैत १५ […]

  गुलरिया— बर्दियाको गुलरिया नगरपालिका–४ बेलौली गाउँमा चर्को आवाजमा डिजे बजाएर नाचगान गर्र्ने एक युवाको समूहले प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । स्थानीयको गुनासोपछि बेलौली पुगेको प्रहरी टोलीले युवाहरुलाई सम्झाउन खोज्दा उनीहरु आक्रमण उत्रिएको बर्दिया प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सेनामुखी प्रहरी चौकीबाट खटिएका एक हवल्दार र प्रहरी जवानले उनीहरुलाई […]