बाँके- नेपालगंज उपमहानगरपालिका-१० स्थित कृष्ण कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय सहिल शेष र सोही उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यायल बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त […]
लुम्बिनी — लामो समयदेखि अबरुद्ध लुम्बिनी प्रदेशको हिउँदे सातौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन । नेपालको संविधानको धारा १८३ को उपधारा ९१० र धारा १६६ को उपधारा ९२० बमोजिम मंसिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले […]
बाँके/ रासस । नेपालगन्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ । थारु महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगन्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ । प्रत्येक दिन […]
काठमाडौँ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको छ । कित्ताकाट आठ महिनाका लागि खुला भएको हो । यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो । योसँग करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो । संशोधित नियमावलीमा यो मिति २०८३ असार […]
बर्दिया/ईकान्तिपुर — दिल्ली, इस्लामावाद र ढाकामा बम विस्फोटपछि नेपाल–भारत सीमामा भारतीय विशेष प्रहरी टोलीको सक्रियता बढेको छ । विशेष टोलीले आतंकवादको उच्च जोखिम बढ्दै गएपछि यसलाई निस्तेज पार्न सीमासँग जोडिएका जिल्लाका नेपाली सुरक्षा अधिकारीसँग छलफल गर्न थालेको छ । यसै क्रममा केन्द्र सरकारको निर्देशनमा भारतीय संघीय सरकारको प्रहरीको विशेष टोली बर्दियाको कालाबन्जरस्थित सशस्त्र प्रहरी […]
नेपालगन्ज- बढैयाताल गाउँपालिका वडा न. ४ की सरिता सुनारलाई सुत्केरी ब्यथा लागेपछि उनका परिवारले अटो चालकलाई खबर गरे । गाउँकै भएकाले छिनभरमै अटो उनको घर पुग्यो । अटो चालकले प्रसुतीका लागि करिव ५ किलो मिटर दुरी प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा पु¥याई दिए । अटो चालक त्रिलोकी पासीले सरितजस्तै दर्जनौ महिलालाई सुत्केरी ब्यथा लागेका महिलालाई अस्पताल […]
गुलरिया(बर्दिया)। मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ । पछिल्लो एक हप्ता यता दैनिक दुई सयको हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भइरहेको छ । बर्दियामा गत असोज १० गते यता एक हजार पाँच सय ७२ जनाले मतदाता नामावलीमा […]
बाँके/रासस । बाँके र बर्दियाका बासिन्दा आवतजावत गर्ने परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिएको छ । पटक–पटक काममा ढिलाइ भए पनि अहिले भने परसपुर–गौघाट सडक स्तरोन्नति धमाधम भइरहेको सडक डिभिजन नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर रामसागर हरिजनले जानकारी दिए । “पटक–पटक काममा ढिलासुस्ती हुँदै आएपछि सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई निरन्तर दबाब दिएपछि कामले गति लिएको छ”, […]
काठमाडौँ । सरकारले व्यक्तिगत घटना दर्ता नियमावली २०७७ संशोधन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । यससँगै नाम, जन्ममिति सहित व्यक्तिगत घटनाका विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुलेको छ । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली […]
काठमाडौँ। गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपदमा परेर गत वर्ष चार सय ९५ जनाको निधन […]












