बर्दिया — गुलरिया नगरपालिका–१२ भैसाही गाउँदेखि पश्चिममा रहेको नर्सरी वन नजिकै आफ्नो खेतमा काम गरिरहेको अवस्थामा चितुवाको आक्रमणमा परेर महिलाको मृत्यु भएपछि स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि हुलाकी सडक अवरुद्ध पारेका छन् । ती महिलाको घाँटी र टाउको अलग भएको अवस्थामा शनिबार शव फेला […]
बाँके, नेपालगंज उपमहानगरपालिका-११ त्रिभुवन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४४ वर्षीय रसुल अहमद कबाडियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज, वडा प्रहरी कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी […]
बाँके/रासस । जिल्ला अदालतमा मेलमिलाप भएर ८० मुद्दाको टुङ्गो लागेको छ । खासगरी देवानी प्रकृतिका लेनदेन, अंशवण्डा, मानाचामल भराउने, लिखत बदर, सम्बन्धविच्छेद, जग्गा साँधलगायतका मुद्दा अदालतमा रहेको मेलमिलाप केन्द्रबाट टुङ्गो लागेको बाँके जिल्ला अदालतका सूचना अधिकारी तीर्थराज आर्चायले जानकारी दिए । उनले मेलमिलापका लागि अदालतबाट आदेश भएर छलफल गर्न पठाइएको मुद्दा एक हजार १८३ भएको […]
बबई (बर्दिया), भदौ १ गते । कर्णाली नदीको कटानका कारण डुबानको उच्च जोखिममा रहेको बर्दिया र कैलाली सीमावर्ती गाउँहरू जोगाउन दैनिक तीन सयभन्दा बढी स्थानीय श्रमदानमा जुटेका छन् । बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रमा करिब एक दशकअघि तत्कालीन कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्ध जीर्ण भएपछि नदीले कटान सुरु गरेको हो । कटान तीव्र भएसँगै […]
२०८२ भाद्र ०१ गते (आइतबार) बिहान ०६:०० बजे आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको तराई र पहाडी भू-भाग तथा बाँकी प्रदेशको पहाडी भू-भागको केहि स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा […]
बर्दिया, ३० साउन शुक्रबार २०८२ आशा लघुबित्त बित्तिय संस्था गुलारिया बर्दियाले संस्थाका सदस्यको मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपुर्ति रकम हस्तान्तरण गरेको छ । संस्थाका सदस्य रहेका बारबर्दिया नगरपालिका वडा नं. ५का बिष्णुमाया बराल काप्mलेको मृत्यु भैसकेपछि, उहाँले लिएको ऋण मिनाहा गरी बिमा सुबिधा बापत्को ८लाख ३५ हजार रकम मृतकका श्रीमान् प्रेम प्रसाद काफ्लेलाई हस्तान्तरण गरिको […]
काठमाडौं / रासस । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने […]
आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लागायत बाँकी प्रदेशका […]
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबार नेपालगन्जमा एघारौं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाएको हो । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालयका तालिम तथा जनशक्ति विभागका विभागिय प्रमुख […]
नेपालगन्ज, साउन ३० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले नेपालगन्ज उपमहानगर ४ बसपार्क नजिक लागु औषधको कारोबार भइरहेको सूचना अनुसार लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार […]











