बीबीसी । नेपालमा सरकारले हालसम्म १४,२४६ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ। शहीदको सङ्ख्या धेरै भएको टिप्पणी भइरहँदा गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले ज्यान गुमाउने व्यक्तिहरूको ‘योगदानलाई सङ्ख्यामा जोडेर हेर्न नहुने’ बताएका छन्। “उहाँहरू सबैलाई राज्यले एउटा निश्चित मापदण्डकै आधारमा शहीद घोषणा गरेको हो,” भट्टराई भन्छन्। “परिवारमा धेरै सदस्य भए भनेर कसैप्रतिको माया जसरी […]
काठमाडौं । व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष त्यसमा झिनो सुधार गरेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ । गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक […]
नेपालगन्ज। पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको उपचार हुने प्रमुख अस्पतालका रूपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेसँगै सेवा विस्तारको पहल पनि सुरु गरिएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको सो अस्पतालको प्रसूति सेवालाई थप फराकिलो, प्रभावकारी र गुणस्तरीय बनाउन बाँकेकी सङ्घीय सांसद दीपा शर्माले पहल सुरु गर्नुभएको हो । सो अस्पतालमा […]
नेपालगन्ज । प्रधानमन्त्री कार्यालयले कर्णबहादुर खड्का मुख्य व्यक्ति भएको जेके बिल्डर्स, कोहलपुर-११ बाँके सहित २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम गर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ । कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुः
नेपालगन्ज । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि नेपालगन्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार उडान अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरु मौसम खुल्ने आशमा विमानस्थलमै कुरेर बसेका छन् । नेपालगन्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री […]
बर्दिया — बर्दियाको गेरुवा गाउँपालिका–६ प्रसेनीपुरका मुक्तबहादुर बस्नेतको भान्सा र खरले छाएको गोठमा भएको आगलागीमा परी एउटा भैंसी, एउटा पाडो, २ वटा बाख्रा, ३ वटा खसी र १५ वटा कुखुरा मरेको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालका अनुसार आगलागीबाट करिब ५ लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । […]
नेपालगन्ज । सशस्त्र प्रहरीको विभागिय टोली एपिएफका प्रिन्स दाहालले ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ को उपाधी हात पारेका छन् । नेपालगन्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न भएको फाईनल खेलमा पुरुष एकलतर्फ नेपाल आर्मीका कविर केसीलाई २१–७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले उपाधि हात पार्नुभयो । नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन […]
नेपालगन्ज । सरकारको तथ्यांकअनुसार लुम्बिनी प्रदेशको १२ जिल्ला मध्ये सबै भन्दा बढि बाँकेमा कुपोषण देखिएको छ । बाँकेमा ४ सय २५ जनामा कुपोषण देखिएको छ । त्यस्तै रूपन्देहीमा ३ सय ९५, कपिलवस्तुमा ३ सय १३, बर्दियामा २ सय ८६, दाङमा २ सय ३२, पश्चिम नवलपरासीमा १ सय ९९, रोल्पामा ४३, प्यूठानमा ३५, गुल्मीमा ३४, […]
बिबिसि । संयुक्त राज्य अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेका विश्वसनीय आरोपका आधारमा नेपाल प्रहरीको गुप्तचर निकायसहित दुई रणनीतिक एकाइलाई कालोसूचीमा राखेको खुलेको छ। सन् २०२१ यता नेपाल प्रहरीको मुख्यालयमा रहेको विशेष फौज र महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लेही कानुन अनुसार अमेरिकाले सहयोगका लागि अयोग्य ठहर गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। दश […]
बाँके । बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँस्थित आदर्श प्राथमिक विद्यालयको खेल मैदानमा प्रदेश सरकारले सुरु गरेको रङ्गशाला निमार्णमा ढिलाई हुँदै गएको छ । मिनी रङ्गशाला निर्माणको काम सुरु भए पनि पुर्णता पाउन नसेको निवर्तमान वडाध्यक्ष तथा न्यू डाँफे युवा स्पोर्टस क्लवका पूर्व अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए । उनका अनुसार मिनि रङ्गशालालाई पूर्णता दिन प्याराफिट […]












