नेपालगन्ज, मंगलबार २० साउन, २०८२ एनएक्स एजुकेशन कन्सल्टेन्सी नेपालगन्जले ब्राण्ड एम्बेसडरमा नेपालगन्जकी प्रेरणा गिरीलाई नियुक्त गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर उनलाई कन्सल्टेन्सीका सीईओ नवराज केसीले नियुक्त गरेका छन् । ब्राण्ड एम्बेसडरमा नियुक्त भएका गिरीले संस्थाको हितका लागि आफु प्रतिबद्ध भएर काम गर्ने बताईन् । साथै सबैलाई सहयोग गर्न पनि उनले आग्रह गरिन् । […]

  रौतहट, २० साउन । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग छेउको होटल हिमालयन मा खाना खाने क्रममा झोला बिर्सिएर गएको एक व्यक्तिको नगदसहितको झोला होटल सञ्चालकले फिर्ता गरेका छन्। जनकपुर निवासी बलराम साहुजी आइतवार उक्त होटलमा खाना खाएर निस्कँदा आफ्नो हैण्डब्याग त्यहीं छोडेका थिए। ब्यागमा १लाख ६ हजार नगदसहित महत्वपूर्ण कागजातहरू रहेका थिए। होटल सञ्चालक सुरेन्द्र […]

बर्दिया /इकान्तिपुर — लगातारको वर्षाले बबई नदीमा जलस्तरले खतराको चिह्न पार गर्न लागेको छ । चेपाङस्थित जलमापन केन्द्रमा मंगलबार बिहान ७ बजेर १३ मिनेटमा जलस्तर ६ दशमलव ८७ मिटर पुगेको छ । ७ मिटर पुग्नासाथ बाढी आउने भएकाले बर्दियाको बारबर्दिया, ठाकुरद्वारा, मधुवन र गुलरियाको तटीय क्षेत्रमा जोखिम बढेको छ । बबई नदी सल्यान र दाङ […]

काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा एक सय ६७ मिलिमिटर वर्षा भएको […]

  काठमाडौं, २० साउन । जल तथा मौसम विज्ञान विभागका अनुसार साउन २० गते, बिहान १:५० बजे पछिल्लो ३ घण्टामा बर्दिया जिल्ला स्थित मानपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ।थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलाहरूमा बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।     […]

  काठमाडौँ —चैत १५ को हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं धरौटी रकम बुझाएर रिहा भएका छन् । धरौटी रकम बुझाएर उनी डिल्लीबजार कारागारबाट केहीबेर अघि रिहा भएका हुन् ।   उच्च अदालत पाटनले उनलाई सोमबार बैंकिङ कसुर र गत चैत १५ को हिंसात्मक आन्दोलनसित जोडिएको मुद्दामा धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीशहरु टंकप्रसाद […]

  नवलपुर । बर्षामा दैनिकजसो पहिरोले अवरुद्ध हुने पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्र्तगतको दाउन्नेको सडक फेरि अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनएको छ । प्रहरीका अनुसार पहिराले चिप्लो भएका सडकका कारण गाडी गुड्न नसक्दा एकतर्फी सञ्चालन भए पनि दिउँसोदेखि पहिरोले […]

  रौतहट १९ साउन।  रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर फेरी एकजनाको मृत्यु भएको छ। आफ्नै खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार आईतवार राति साढे ९ बजे जाफिर खेतमा सिँचाइका लागि […]

  राजविराज, १९ साउन । पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीको २६ ढोका खोलिएको छ । आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो साँझ ५ बजेसम्बम जे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कोशीमा पानीको बहाव अझ बढ्दो […]

  काठमाडौं, १९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका […]