बीबीसी ।  आगामी शनिवार हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निम्तो पाएको नेपाली अधिकारीहरूले बताएका छन्। भारतमा सत्तारूढ एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका मोदीले प्रधानमन्त्री प्रचण्डसँग बुधवार टेलिफोनमा कुराकानी गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी कार्यकालका लागि मोदीलाई “न्यानो र आत्मीय शुभकामना” […]

नेपालगन्ज। सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बाँकेको आठ स्थानीय तहलाई चार अर्ब २० करोड बढी बजेट विनियोजन गरेको छ। बाँकेका लागि चालु र पुँजीगत गरी चार अर्ब २० करोड २५ लाख रुपियाँको बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ भन्दा आगामी […]

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११:३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको अनलाईन खबरले भारतीय सन्चार माध्यमलाई उद्धृत गर्दै समाचार […]

  काठमाडौं । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि काठमाडौंको  चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका छन् । २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ […]

  बुटवल । लुम्बिनी प्रदेश सरकारको बेरुजु १ अर्ब १२ करोड ६३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयमा बेरुजु देखिएको हो । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखा परीक्षक कार्यालयका नायब उपमहानिर्देशक घनश्याम कोइरालाले बुझाएका् प्रतिवेदनमा लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहको लेखा परीक्षणबाट देखिएका संक्षिप्त ब्यहोरा समेत […]

  नेपालगन्ज, जेठ २२ गते । अत्यधिक गर्मीका कारण सुख्खा परेपछि बाँकेका किसानले धानको बिउ राख्न नपाएपछि उनीहरु चिन्तित भएका छन् । जेठ महिना सकिन लाग्दा पनि पानी नपरेपछि धानको बिउ राख्न नपाएको जनाउँदै किसानहरुले सोही कारणले यस वर्ष धान उत्पादनमा पनि कमी आउने आशङ्का व्यक्त गरेका छन् । डुडुवा गाउँपालिका ३ का किसान बिकाउ […]

काठमाडौं । भारतमा लोक सभा निर्वाचनको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन र विपक्षी कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । नेपालसँग जोडिएको उत्तर प्रदेशमै भाजपालाई समाजवादी पार्टीले पछि पारेको छ । उत्तर प्रदेशमा लोक सभाका ८० सिट छन् । अहिलेसम्मको मत गणनामा समाजवादी पार्टी अग्रस्थानमा छ । समाजवादी […]

  काठमाडौँ, जेठ २० गते । देशभर बढिरहेको गर्मीबिच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरूको हृदयाघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो । भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रहेको छ । सोही कारण धेरैको मृत्यु भएको […]

खजुरा, जेठ २२ गते । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नगराउने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो । स्थापनाकालदेखि हालसम्म नेपालगन्जमा चिकित्सक अध्ययन र अस्पतालका रूपमा सञ्चालन हुँदै आएको उक्त मेडिकल कलेजमा अब भने चिकित्सक अध्ययन नहुने भएको हो । […]

    काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २७७ सिटमा अग्रता लिएको छ । कांग्रेस […]