बुटवल- लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल लगातार प्रभावित हुनुको मुख्य कारण सत्ता गठबन्धनभित्रै देखिएको असन्तुष्टि रहेको छ । बजेटमा आफ्ना निर्वाचन क्षेत्रका योजना समावेश नगरिएको भन्दै सत्ता पक्षका सांसदहरू नै विरोधमा उत्रिएपछि प्रदेश सभा बैठक नियमित रूपमा सञ्चालन हुन सकेको छैन । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले बजेट निर्माणअघि प्रत्यक्ष […]

बीबीसी- भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो विनाश भएको अनुमान अधिकारीहरूले गरेका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अहिलेसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको बताएको समाचारसंस्था रोएटर्स र एएफपीले जनाएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएकका अनुसार पहिलो भूकम्प ७.२ र दोस्रो ७.५ म्याग्निट्यूड मापन गरिएको छ। पहिलो भूकम्प गएको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो […]

कपिलवस्तु- कपिलवस्तु नगरपालिका–८ निवासी विद्यावती कोरी २०८१ साल असार ११ गते बच्चा जन्माउन भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसीएमएस) पुग्छिन् । असार १२ गते उनको शल्यक्रिया भयो । परिवारका अनुसार बच्चाको अवस्था जन्मेदेखि नै जटिल रहेकाले तत्काल एनआईसीयूमा राखियो । उपचारकै क्रममा ३–४ दिनपछि शिशुको मृत्यु भयो । त्यसपछि असार १६ गते विद्यावतीलाई अस्पतालबाट […]

बर्दिया बढैयाताल, ६ असार २०८३ बर्दियाको बढैयाताल ४ मा रहेको श्री लावाजुनी कृषक समुहका सदस्यहरुलाई स्थानीय रैथाने जातका बंगुरका पाठापाठी बितरण गरिएको छ । एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय गुलारिया, बर्दियाको अनुदान सहयोगमा शनिवार कृषक समुहका २१ जना किसानहरुलाई जनही २/२ वटाका दरले ४२ वटा बंगरका पाठापाठी बितरण गरिएको समुहका अध्यक्ष रोगाही थारुले बताउनुभयो । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको वर्षाले विगतका सबै कीर्तिमानहरूलाई भंग गरेको छ  ।नेपालमा यस वर्षको प्रि-मनसुन (मार्च-मे) सिजनमा विगत ४५ वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ । नेपालमा प्रि-मनसुन सिजनमा औसत २२६.३ मिलिमिटर पानी पर्ने गर्दछ। तर, यस वर्ष (सन् २०२६) औसतको १४५.५ प्रतिशत अर्थात् ३३९.७७ मिलिमिटर वर्षा भएको […]

नेपालगन्ज/रासस । प्रहरीले बाँकेमा एक महिनाको अवधिमा ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका प्रतिवादीमध्ये खोज तलासका क्रममा गत जेठ महिनामा ७७ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएका फरार प्रतिवादीबाट […]

  बर्दिया — मलामी बस्ने टहरा भत्काएको बनका अधिकारीहरुले फेरि बारबर्दिया नगरपालिका–४ झोलुङ्गे पुल जाने बाटोमा निर्माणाधीन कल्भर्टको वनका कर्मचारीले सरिया काटेका छन् । डिभिजन वन कार्यालयका कर्मचारीले बिहीबार निर्माणाधीन कल्भर्टका सातवटा सरिया काटेपछि स्थानीय आक्रोसित भएका छन् । सरिया काटेको जानकारी पाउनासाथ स्थानीय सर्वसाधारणले अवरोध गरेपछि वनका कर्मचारीको भागाभाग भएको थियो । बैरियाघाटस्थित बबई […]

नेपालगन्ज, ४ जेष्ठ २०८३ बाँकेको खजुरामा ६ दिने शीत भण्डार सञ्चालन (अपरेटर) तालिम मंगलबार सम्पन्न भएको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेका निमित्त प्रमुख सन्तोष पाठकको अध्यक्षता तथा राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना, खुमलटार, ललितपुरका मुख्य प्रशिक्षक वरिष्ठ कृषि इन्जिनियर डा. जीत बहादुर चन्दको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको छ । […]

काठमाडौं- चितवनबाट अपहरणमा परेका किशोरले आफू अपहरणमा परेपछि फुत्किनका लागि जुक्ति लगाएको खुलेको छ। आइतबार अपहरण गरी काठमाडौं ल्याई पुर्‍याइएका १६ वर्षीय किशोरको सोमबार काठमाडौंको नयाँबजारस्थित एक होटलबाट उद्धार भयो। काठमाडौं प्रहरीलाई एक युवाले एउटा चिर्कटो फेला परेको भनेर खबर गरेका थिए। त्यसमा लेखिएको थियो, ‘हेल्प, मेरो नाम … गुप्ता। मेरो बाबाको नाम … गुप्ता। […]

  काठमाडौं । जेठ अन्तिम सातादेखि मुलुकका विभिन्न जिल्लामा धान रोपाइँ चटारो सुरु भएको छ । असार लागेसँगै देशैभरि रोपाइँ सुरु हुन्छ । पर्याप्त पानी उपलब्ध भएका भेगमा रोपाइँ चटारो बढेको छ । यद्यपि, केही क्षेत्रमा भने अझै पर्याप्त वर्षा नहुँदा खेती सुरु हुन सकेको छैन । धान रोपाइँको मुख्य सिजनमा किसानको पहिलो आवश्यकता भनेकै […]