कैलाली। पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीले जानकारी दिनुभयो । अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइन्छ […]
रासस/नेपालगञ्ज (बाँके) । जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका-५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । ‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ’, उनले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी […]
बर्दिया, २३ भदौ आइतबार २०८१ बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ३ अन्र्तगत पर्ने सोरहवा गाउँको पुर्वतर्पm मानखोलाको बगरमा रहेको कमलाधाम महिला समुदायिक बन र वडा नं. ३ कै सतपतिया गाउँको पुर्वतर्पm मानखोलाको बगरमा रहेको सुमेरी महिला समुदायिक बन औपचारिक रुपमा गाउँका उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । शनिबार कमलाधाम सामुदायिक बनको प्राङ्गनमा भएको एक कार्यक्रमका […]
बाँके/ रासस। अगैया–नेपालगञ्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो । “हामी पहिले कोहलपुर हुँदै नेपालगञ्ज जानुपर्ने थियो तर अहिले त्यो परिस्थिति बदलिएको छ”, राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले भने । अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगञ्ज पुग्न […]
रासस/राँझा । बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन थालेका छन् । नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।
नेपालगन्ज, भदौ २२ गते । नेपाल र भारतका वरिष्ठ विशेषज्ञ चिकित्सकबिच नेपाली बिरामीको उपचारमा सहयोग, सहकार्य र समन्वय गर्ने सहमति भएको छ । भारतको प्रसिद्ध म्याक्स अस्पताल र बाँकेका वरिष्ठ चिकित्सकको सहभागितामा नेपालगन्जमा आयोजना गरिएको कार्यशालामा दुवै देशका चिकित्सकबिच सो सहमति बनेको हो । भारतको लखनउमा रहेको म्याक्स सुपर विशेषज्ञ अस्पतालमा नेपाली बिरामीको सहुलियतमा प्राथमिकता दिएर उपचार […]
रासस/काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका तिज पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसैदिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तिज व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका वर्तालुले […]
रासस / बागलुङ । बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् बताउछन् । भाद्र शुक्ल तृतीयाका दिनमा […]
नेपालगन्ज, बिहिबार २० भदौं २०८१ बाँकेको खजुरामा तीजको अवसरमा एक दिने बृहत खजुरा तीज महोत्सव आयोजना हुन लागेको छ । खजुराको लक्ष्मी नरायाण मन्दिरको आयोजनामा हुन लागेको १९ औं बृहत खजुरा तीज महोत्सवको सबै तयारी पुरा भएको तीजको पुर्वा संध्यमा गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । शुक्रबार तीजकै दिन मन्दिर परिसरमा बिरात लक्ष्मी […]












