रासस/ काठमाडौं, कात्तिक २५/कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय […]

  २५ कात्तिक, काठमाडौं ।  पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा र उच्च पहाडी […]

जाजरकोट/ ईकान्तिपुर— समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न थालेका छन् । भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो । गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको […]

  नेपालगन्ज — कोहलपुरमा ट्रकको ठक्करबाट कोहलपुर नगरपालिका १० चटारका ३५ वर्षीय तिर्थराम थारुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार अर्का एक जना घाइते भएका छन् । ठक्करपछि थारुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ८८९८ […]

  पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा […]

नेपालगन्ज । मुगुमा एकै परिवारको चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले १३ दिनपछि छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाहीलाई पक्राउ गरेको छ । पकाउ परेका गोरखबहादुर मृतकका नातेदार पर्छन्। कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा […]

रासस/अर्घाखाँची — अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो । मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला […]

बर्दिया — धान थ्रेसर गर्नका लागि ट्याक्टर लैजान बाटो छ कि छैन भने हेर्न गएका बाँसगढी नगरपालिका २ बरमुरवाको खेतमा थाएिको करेन्टको धरापमा परी २८ वर्षीय रामभागीरथ थारुको मृत्यु भएको छ । धानको सिजनका बेला बन्यजन्तुबाट जोगाउन करेन्ट लगाइएको शंंका गरिएको छ । सोही धरापमा एउटा निलगाई मरेको छ । बन्यजन्तुबाट खेतिपाती जोगाउन करेन्ट थापेको […]

नेपालगन्ज। राष्ट्रपतिबाट कैद मिनाहा भएपछि गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको आज बिहीबारको पेशीमा स्थगितमा परेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो ०७२ भदौमा २ वर्षीय बालक […]

  बाँके । काँकेको कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिंदा जाजरकोटको छेडागाड नगरपाालिका(११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको छ ।   इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उनको घट्नास्थलमै मृत्यु भएको […]