बर्दिया — निर्वाचनको सुरक्षालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय,बर्दियाले माघ मसान्तभित्र अनिवार्य रुपमा हात–हतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ । प्रहरीले नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध गरेको हो । फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै ईजाजत प्राप्त हात–हतियार भएकाहरुलाई हतियार बुझाउन आग्रह गरिएको हो । आफ्नो […]

बर्दिया/ईकान्तिपुर — बाघ गणनामा राखिएको दुई थान ट्रयापिङ क्यामेरा वन्यजन्तुले क्षति भएको छ । एउटा क्यामेरा बाघले क्षति पुर्‍याएको छ भने अर्को खुल्न नसकेको वन्यजन्तुले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फा हाम्फेले बताए । यसैबीच बाघ गणनाको पहिलो चरणको २ सय २५ ग्रिड ८ वटा बल्कको गणना सकिएको छ । पहिलो […]

सञ्जय ढकाल बीबीसी न्यूज – फागुन २१ आउन ४४ दिन बाँकी हुँदा मङ्गलवार प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारहरू छान्नका निम्ति दलहरूको अन्तिम कसरतसँगै आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दै छन्। ठूला दलदेखि साना दलसम्म सबैलाई केही दिन यता उम्मेदवार टुङ्ग्याउन र मनोनयनपत्र अर्थात् ‘टिकट’ दिन भ्याइनभ्याइ भयो। मङ्गलवार बिहानैसम्म पनि कतिपय दलहरूले अन्तिम टुङ्गो लगाउने बताइरहे। सोमवार सबैजसो […]

  प्रतीक इच्छुक शर्मा सल्यान, माघ ५ गते । बाँके राष्ट्रिय निकुञ्जबाट बारम्बर प्रवेश गर्ने पाटे बाघलगायत हिंस्रक वन्यजन्तुका कारण सल्यानको कालीमाटी गाउँपालिका–६ र ७ का बस्ती दीर्घकालीन जोखिममा परेका छन्। पछिल्लो एक साताभित्र बाघको आक्रमणबाट तीन जनाको ज्यान गएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । समस्या समाधानका लागि स्थानीयले सङ्घर्ष समिति गठन गर्दै चरणबद्ध आन्दोलन […]

नेपालगन्ज, ४ माघ २०८२ नेपालगन्ज साईक्लिङ्ग क्लबको आयोजनामा प्रत्येक बर्ष हुने टुर दी ठाकुरद्धरा ८ औं संस्करणको आईतबार नेपालगन्जमा कार्यालयको सचिवालय उद्घाटन गरिएको छ । नेपालगन्जका मेयर प्रशान्त बिष्टले रिवन काटेर कार्यालयको उद्घटन गरेकाछन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर बिष्टले टुर दी ठाकुरद्धरा अभियानले नेपालगन्जलाई चिनाउने काम गरेको बताए । यो अभियानले साईक्लिङ्गको माध्यमबाट स्वास्थ्यमा […]

    काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागि हुनकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो ।   रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट […]

  नेपालगन्ज । बाँके जिल्लाको पूर्वी क्षेत्रमा गत केही दिन यता पाटेबाघ र चितुवाको आतङ्क बढेको छ । जिल्लाको पूर्वमा पर्ने राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतङ्क बढेपछि स्थानीय आतङ्कित र भयभीत बनेका हुन् । केहीदिन अघि बाँकेको राप्ती सोनारी–१ सौरी निवासी […]

  काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए । ‘हामी आज रिट लिएर जाने तयारीमा छौं,’ उनले भने । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति […]

दाङ । घाँटी र टाउकोमा थारू परम्परागत गहना, शरीरमा चोल्या र लेहङ्गा । १२ वर्षीय पूजा चौधरी अचेल अरू दिन झैँ विद्यालय जान होइन, साथीहरूसँग मघौटा नाच्न गाउँमा निस्किनुभएको छ । मघौटा नाच्न दङ्गीशरण गाउँपालिका–३, हेकुलीकी पूजा गाउँका गल्ली गल्ली डुल्दै माघको मघौटा नाचमा व्यस्त हुनुहुन्छ । पूजासँगै १३ वर्षीय सृष्टि चौधरी पनि तालमा ताल मिलाउँदै नाचिरहनुभएको छ । […]

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ।   अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा […]