हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श : देशका […]
रासस/ लुम्बिनी प्रदेशमा मनसुन ढिलो सक्रिय हुँदा धान रोपाइँमा ढिलाइ भएको छ। असार दोस्रो हप्तासम्म जम्मा १० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि निर्देशनालयले जनाएको छ। किसानले मल नपाएको र इन्धनको मूल्य बढेका कारण पनि रोपाइँमा समस्या भएको गुनासो छ। भैरहवा । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित […]
बिबिसी । विद्यालय शिक्षा ऐन जारी गर्नेसहितका कैयौँ मागसहित देशभरका शिक्षकहरू एक महिनाको आन्दोलनमा उत्रिएपछि बैशाख १७ गते सरकारसँग सहमतिमा पुगेका थिए। असार १५ गतेभित्र सो ऐन ल्याइसकिने उतिबेलाको सहमति रहे तापनि त्यसको भविष्य अझै अनिश्चित देखिन्छ। चैत १९ मा परीक्षा सकिसक्दा पनि त्यसपछिको झण्डै एक महिना उत्तरपुस्तिका जाँचको काम सुरु हुन नसकेपछि कर्मचारीहरूलाई खटाउने […]
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली […]
काठमाडौँ —पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
कोहलपुर, असार ११ गते । बाँकेको राप्तिसोनारी गाउँपालिका –७, प्रिपहवाकी फूलमती आर्या वर्षा सुरु भएपछि रातभरि असजिलो महसुस गर्नुहुन्थ्यो । बाढीले घर बगाउने डरले उहाँको निन्द्रा हराउँथ्यो । दुई वर्षअघि गाउँपालिकाले स्थापना गरेको साइरन प्रणालीले अब उहाँ ढुक्कसाथ सुत्न पाउनुभएको छ । साइरन बजेपछि तत्काल सुरक्षित स्थानमा जानेगरेको उहाँले बताउनुभयो । प्रिपहवाकै अनारकला धोबीले […]
बाँके । यान्त्रिक तथा मनसुनजन्य सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरुलाई सचेतना गराइएको छ । बाँके कोहलपुर नगरपालिका वडा नं ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा तायात ब्यबस्था कार्यालय नेपालगंज बाँकेको आयोजना र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो । यातायात व्यबस्था कार्यालय नेपालगञ्ज बाँकेका कार्यालय प्रमुख श्री रमेश […]
नेपालगन्ज । नयाँ आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम ल्याउन स्थानीय सरकारले असार १० गते गाउँसभा गरे । तर, यसअघि पूरा गर्नुपर्ने योजना छनौट तर्जुमा प्रक्रिया चुकेका छन् । त्यसको प्रत्यक्ष असर गाउँबस्तीका योजनाहरुमा पर्दै आएको छ । बस्तीलाई आवश्यक पर्ने योजना प्राथमिकतामा नपर्ने तर कम आवश्यकता योजनाहरु नीति तथा कार्यक्रममा पर्दै आएको […]
डुडुवा (बाँके) ११ असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, निति तथा कार्यक्रम र रु ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, […]
काठमाडौँ /रातोपाटी । उच्च अदालत वीरगन्जले सफाइ दिएसँगै नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भइसकेका छन् । गत जेठ १४ गते न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो। उनीमाथि इँटाभट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । […]











