जनकपुरधाम, मंसिर ९/ महोत्तरीमा प्रहरी चौकी इन्चार्जको पेस्तोल पड्केर गोली लाग्दा एक प्रहरी जवान घाइते भएका छन्। सेतोपाटिका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएका […]
बर्दिया — बर्दियाको गुलरिया-४, तुलापुरस्थित केराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती करिब १० बजेतिर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार चारै जनाको शव अहिले निकाल्ने प्रयास भइरहेको छ । एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मृत्यु हुनेमा १८ महिनाका […]
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा मेरो घर छ । म २० वर्षदेखि व्यावसायिक कृषि पेशामा आबद्ध छु । यो वर्ष मैले आफ्नो निजी र भाडाको जमिनमा गरेर ६ बिघा जग्गामा धान खेती गरेको थिएँ । साउनमा रोपेको धान काटेर अहिले भित्र्याएको छु । खेतबाट १८० क्वीन्टल धान उत्पादन भएको छ । गाउँमा […]
काठमाडौं, मंसिर ८ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जंगली बँदेल कृषि हानीकारक वन्यजन्तु घोषणा गर्दै निजी खेतबारी, खलोमा आएको सानो जातको बँदेलबाहेकका बँदेललाई मात्र पक्रन र मार्न पाइने गरी कानुन ल्याएको छ। राजपत्रमा प्रकाशित भएको एक वर्षसम्म विना अनुमति जंगली बँदेल पक्रन र मार्न सकिने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ। त्यसका […]
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो । रातोपाटिका अनुसार प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक […]
८ मंसिर, जनकपुरधाम । महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वषर्ीय अनिल चौधरी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००६प-१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा […]
रासस/ बाँके । ‘हामी अहिले जुन ठाउँमा टेकेर उभिएका छौँ, राति हाम्रो सुताई यही ठाउँमा हुने गर्दछ । दिन बिताउन यहाँ जति कष्टकर छ, रात त्योभन्दा बढी भयावह हुन्छ ।’ बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए । उनले कारागार जीर्ण रहेको बताउँदै पानी पर्दा आफूहरु सुत्ने बिस्तारा […]
काठमाडौँ । बल्खुमा दुर्गा प्रसाईँ नेतृत्व र तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन १।१ थान जामर भेहिकल सञ्चालन गरिएको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ । जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।
काठमाडौँ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको छ । झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला’, माइकिङ गर्दै प्रहरीले सचेत गराई रहेको छ ।
लमही दाङ्ग, ६ मंसिर बुधबार/ भौतिक पुर्वाधार बिकास मन्त्रालय लुम्बिनी प्रदेशको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी शुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त गोष्ठीमा पहिलो दिन बुधाबार लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका भुमिगत जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय र उर्जा बिकास शाखले कार्यप्रगति प्रस्तुत गरेकाछन् । […]












