नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट गत चार महिनाको अवधिमा २४ अर्बभन्दा बढीको व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को चार महिनामा यो नाकाबाट २३ अर्ब ८० करोड ३५ लाख २६ हजारको आयात र ७७ करोड २८ लाख ४६ हजारको निर्यात गरेर २४ अर्ब ५७ […]

  बर्दिया /ईकान्तिपुर—भारतमा नेपाली नम्बरका सवारी साधन बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रवेशमा एसएसबी(भारतीय सीमा सुरक्षाबल)ले प्रतिबन्ध लगाएको छ । उत्तर दक्षिण राजमार्ग स्थित गुलरिया नगरपालिका–१० को रजनवा हुँदै भारत जाने नाकामा नेपाली र भारतीय सवारी साधनमा आउजाउ रोक लगाएको प्रहरीले जनाएको छ । साताअघि रुपैडिहामा नेपालगन्ज हुँदै दुई विदेशी नागरिक राहदानी विना […]

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स तथा साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुने भएको छ । कर्णाली र सुदूरपश्चिमबीचको खेल बिहान ११:४५ बजे हुनेछ भने जनकपुर र विराटनगरबीचको खेल दिउँसो ४ बजे हुनेछ । जारी एनपीएलमा विराटनगर र सुदूरपश्चिम अपराजित टोली हुन भने कर्णाली र जनकपुरले […]

दाङ। लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आज सोमबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । प्रदेश सभा सचिव दुर्लभ पुन मगरका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ । ती पत्रहरूमा सातौं अधिवेशन आह्वान सम्बन्धी पत्र, मन्त्रिपरिषद् पुनःगठन गरिएको सम्बन्धी पत्र र छैठौं अधिवेशनबाट पारित भई […]

  नेपालगन्ज । नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाटा),बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको उदघाट्न नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो ।   कार्यक्रमको उदघाट्न गर्दे उहाँले लुम्बिनी प्रदेशभित्र थुप्रै पर्यटकीय […]

नेपालगन्ज-  पश्चिम नेपालको केन्द्रविन्दु बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेको योयो प्लाइउड इण्डष्ट्रिज प्रालिलाई बन्द गरिँदा त्यहाँ कार्यरत छ सय कामदार बेरोजगार भएका छन् । उद्योगभन्दा बाहिरका व्यक्तिहरुलाई राखेर दर्ता गरिएको ट्रेड युनियनका नाममा भएको आन्दोलनले गर्दा गत तीन महिनादेखि योयो प्लाइउड उद्योग बन्द रहेको छ । सोही कारणले त्यहाँ कार्यरत छ सयभन्दा बढी कामदारको रोजगारी […]

बर्दिया । नगदे बालीको रूपमा रहेको तोरी किसानको बारीभरि फुलेको छ । तोरी छरेका किसानको बारी यतिबेला पहेँलै बनेका छन् ।किसानले सिँचाइ नहुने बारीमा मकै र तोरीको खेती गर्ने गरेका छन् ।   किसानले तोरीबाट तेल पेलेर घरमै प्रयोग गर्ने गरेका छन् । तोरीले तेलमा आत्मनिर्भर बनाएको किसानको भनाइ छ । तोरीले यहाँको सौन्दर्यसमेत बढाएको […]

रुकुमपश्चिम । १० बर्से सशस्त्र द्वन्द्वका बेला सामूहिक बलात्कारको सिकार भएकी रुकुमपश्चिमकी ४२ वर्षीय सम्झना (नाम परिवर्तित) लाई आफ्नो शारीरिक र मानसिक अवस्थाले जिउँदो बनेको जस्तो लाग्छ । सामूहिक बलात्कार अनि यौनाङ्गमा बन्दुकको नाल घुसारेर दिइएको यातनाले सम्झनालाई अहिले पनि बेहोसी अवस्थामा पुर्‍याउँछ । नाम परिवर्तित ४० वर्षीय शर्मिलालाई पनि बाँच्न निकै सकस भइरहेको छ । तत्कालीन माओवादी […]

काठमाडौं । शान्ति सुरक्षाको अवस्थासमेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरुको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमतिपछि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो । वार्ताका […]

गुलरिया (बर्दिया) । बेपत्ता नागरिकका परिवारलाई न्याय दिलाउन २०६० सालदेखि सङ्घर्ष गर्दै आएका द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरी आफ्नै दाजुको कुशको शव लिएर अन्त्येष्टि स्थलमा उभिनु प-यो । शान्ति प्रक्रियामा बेपत्ताको अवस्था सार्वजनिक गराउन लगातार आवाज उठाएका उहाँ अन्तिम क्षणमा आफ्नै परिवारका लागि न्यायको प्रतीक बनेको कुशको शरीर बोकेर नदी किनार पुग्नुभयो । भागिरामका दाजुभाउजू, चैतेलाल […]