प्रदेश समय/अवधि मौसम पूर्वानुमान काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । राती हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेकाे छ […]

  सुर्खेत । बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट   नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, […]

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेको मङ्सिर २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा प्रेस चौतारी नेपाल बाँकेका नेता विश्वराज पछल्डङग्याले बिद्रोही उम्मेदवार दिएका छन् । महासंघको नेतृत्वका लागि कांग्रेससंग आस्था राख्ने प्रेस युनियन र एमाले सम्बद्ध पत्रकाहरुको संगठन प्रेस चौतारीबीच एलायन्स भएपछि पछल्डङग्याले बिद्रोही उम्मेदवारी दिएका हुन । पछल्डङग्याको बिद्रोहले गठबन्धनमा ठूलो असर पार्न […]

काठमाडौं- बाँके  नेपालगंज उपमहानगरपालिका-२ घरबारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार  दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२०  राँझा बस्ने १९ वर्षीय आकृत श्रेष्ठ र सोही उपमहानगरपालिका-२ घरबारी टोल बस्ने २२ वर्षीय कैलाश डाँगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट […]

बाँके /रासस। बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्माण गरेको स्रोत केन्द्र भवनको बाँकेको जानकी गाउँपालिका–३ मा आज शुभारम्भ गरे । सो अवसरमा मुख्यमन्त्री आचार्यले मानवअधिकारको रक्षा र प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए […]

काठमाडौँ/ईकान्तिपुर ।— सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ । स्पिनरहरूको दबदबापछि सुदूरपश्चिमले लो स्कोरिङ खेलमा महत्त्वपूर्ण विजय हात पारेको हो । टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सकेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शीर्ष दुई […]

काठमाडौँ /ईकान्तिपुर— लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अन्ततः पहिलो विजय हात पारेको छ । कप्तान रोहित पौडेलले फेरि एउटा सानदार इनिङ्स खेल्नुका साथै अलराउन्ड प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गर्‍यो । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी पहिलो चार खेलमै पराजित भएको थियो । प्रतियोगिताको सर्वाधिक […]

काठमाडौं । रौतहटको पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६ च ३१६२ नं.को स्कारपियो दुर्घटना हुँदा हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।     दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० […]

काठमाडौं /रासस। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका […]

नेपालगञ्ज – समुदायमा वन्यजन्तुको ओहोरदोहोरले वर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ क्षेत्रमा बालबालिका सुरक्षित हिडडुलमा समेत प्रभाव पारेको पाइएको छ । विद्यालय जाँदा वा फर्किंदा विद्यार्थीहरु वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् । जसका कारण अध्ययनमा असर परेको मन्जुश्री शिशु बाटिका माध्यामिक विद्यालयका प्रधानाध्यापक विमल ज्ञवालीले बताउनुभयो । वन्यजन्तुबाट आक्रमणबाट जोगिन समुदाय तहमै बालबालिकालाई बातावरणीय शिक्षाको […]