नेपालगन्ज । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट दुबै देशका प्रधानमन्त्रीहरु नरेन्द्र मोदी र प्रचण्डले सो आइसीपीको संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो । तर, […]
काठमाडौँ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिटको सुनुवाइ शुक्रबार सरेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेपछि शुक्रवार अर्को पेशि सरेको हो । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट रेशम सर्वसम्मत […]
नेपालगन्ज, वैशाख ९ गते । अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल सहित १५ जना पक्राउ परेका छन् । भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्रा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीको […]
काठमाडौं । लुम्बिनी प्रदेशका कृषि मन्त्री तथा मन्त्रिपरिषदका सदस्य र जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई शनिबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
कपिलवस्तु/ ईकान्तिपुर—बर्दिया निकुञ्जमा कुक्कु कोइली श्वेतवक्ष जुरेलीको गुँड पछ्याइरहेको छ । ग्रीष्म आगन्तुक चरा कुक्कुले आफू ओथारो नबसेर अरूको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । कुक्कुजस्तै काफल पाक्यो चराले पनि निकुञ्जकै बघौरामा चिबेको गुँड पछ्याइरहेको छ । यो चरा पनि आफू ओथारो नबसेर अरू चराकै गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । दुवै चराका भालेले जुरेली र चिबेलाई जिस्काउँदै परपर […]
रेशमलाल चौधरी । शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरु सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ । यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन । मेरो चरीत्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला । प्यारी रन्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन,निर्वाचन आयोगलाई […]
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषण धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन् । मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् । मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर पछि जिम्मेवारी […]
बर्दिया —नालामा माछाको खाँदा गुलरिया नगरपालिका–९ टेपरीका ४५ वर्षीय शम्सेर अली नाउको परिवारका ९ जना बिरामी भएका छन् । नालाको माछा चनासँग खाँदा नाउको परिवारका नौ जना झाडा पखाला लागि बर्दिया जिल्ला अस्पतालमा भर्ना भएका छन् । आकस्मिक कक्षमा भर्ना भएकामध्ये ४ वर्षीया रोश्नी नाउको अवस्था चिन्ताजनक भएकोले नेपालगन्जस्थित नर्सिङ होममा रिफर गरिएको अस्पतालका […]
नेपालगन्ज। पछिल्लो समय वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन्। साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालयमा अध्ययनका लागि आउँदा र जाँदा वन्यजन्तुको जोखिम बढेको हो। जसले गर्दा बालबालिकामा डर पैदा भएको कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयामा अवस्थित बाल शिक्षा माविका प्रधान अध्यापक तर्क […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय बिहीबार साँझ ५ बजे सकिँदैछ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन्। त्यसका लागि एकीकृत समाजवादी बिहीबार बिहानैदेखि छलफलमा जुटेको […]












