जानकी (बाँके), असार ३१ गते । बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको साहारामा बिहान ६ बजे नै शिविर बसेको ठाउँमा चिकित्सकहरुको पर्खाइमा बसिरहनु भएको […]
बीबीसी न्यूज / नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) ओली चौथो पटक नेपालका प्रधानमन्त्री नियुक्त भएका छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितको समर्थनमा दुई दिनअघि नै बहुमत दाबीसहितको हस्ताक्षर बुझाएका ओलीलाई आइतवार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ। शपथ ग्रहण समारोह भने सोमवार […]
काठमाडौँ, असार ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज सोमबार बिहान लिनुहुने भएको छ।उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिनुहुने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ। […]
नेपालगन्ज, ३० असार २०८१ प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाको बाँकेमा चालु आर्थिक बर्ष ०८०÷८१ मा सम्पन्न बिभिन्न कार्यक्रमहरुको अन्तर निकायसंग संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुख र प्रबिधिकहरु सहित अनुगमन गरिएको छ । अनुगमनका क्रममा संयोजक चौधरीले भने, किसानहरुको माग अनुसारको कृषि […]
२०८१ असार ३० गते (आइतबार) दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। […]
बीबीसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सिल्भेनिआ आयोजित एउटा र्यालीमा गोली प्रहार भएको छ।उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ। उक्त र्यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो। गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट […]
राष्ट्रिय समाचार समिति राँझा (बाँके), असार ३० गते । जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् । जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी […]
मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल मौसमको अवस्था गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी […]
नेपालगन्ज, असार २९ गते । नेपालगन्ज उपमहानगरपालिका– ११ निवासी ३८ वर्षीय इरसाद राईमाथि शुक्रबार राती करिव १०ः३० बजेतिर खुकुरी प्रहार हत्या गरिएको छ। खुकुरी प्रहारबाट गम्भीर घाइते राईलाई रातीनै भेरी अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले खुकुरी प्रहार गरी राई को हत्या […]
काठमाडौँ, असार २९ गते । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदिमा बेपत्ता भएको बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको छ । सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बिहानै देखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र पानी मुनी हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको बताउनुभयो […]











