रासस/ काठमाडौँ — बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए । प्राविधिक टोली घटनास्थलमा पुगेकाले परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित […]
काठमाडौँ/ईकान्तिपुर — हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै […]
खजुरा, जेठ ७ गते । बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ । दैनिकरुपमा नेपालगन्जबाट मोटरसाइकल हराइरहेको भन्ने स्थानीयले गुनासो गरेपछि बाँके प्रहरी मोटरसाइकल चोरविरुद्ध खरोरुपमा उत्रिएको हो । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका विभिन्न कम्पनीका नौ वटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले मोटरसाइकल चोरीमा […]
हाल मौसमको अवस्था कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको केही स्थानहरु र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । २०८१ जेठ ०६ गते (आइतवार) दिउँसोː कोशी र सुदूरपश्चिम […]
नेपालगन्ज, जेठ ६ गते । भारतसँग सीमा जोडिएका कारण बाँकेमा लागुऔषधको ओसारपसार, कारोबार तथा सेवनकर्ता वृद्धि हुँदै गएको पाइएको छ । प्रहरीले खुला सीमा नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौती रहेको बताउँदै आएको छ । खुला सीमा भएका कारण मुख्य नाकाबाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण […]
खजुरा, जेठ ६ गते । देशकै अत्यधिक गर्मी हुनेमध्येको एक नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको हो । जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन […]
नेपालगन्ज, जेठ ५ गते । भारतको बहराईच जिल्लामा सोमवार हुने लोकसभाको निर्वाचनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाका शनिबारदेखि बन्द गरिएको छ। निर्वाचनको सुरक्षा लाई ध्यानमा राखेर भारतले जमुनाहा नाका शनिवारदेखि सोमवार बेलुका निर्वाचन सम्पन्न नभएसम्मका लागि बन्द गरिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो । उहाँले सो बारेमा भारतीय सुरक्षा अधिकारी […]
बर्दिया । बर्दियाको भादा नदिको बगरमा उत्पाद्न गरिएको खरबुजा धमाधम बिक्री भैरहेको छ । गुलरियाको बाँधुपुर, बालापुर, जब्दिघाटको बगरमा किसानले खेति गरेका छ्न । बगहिका किसान घायल चौधरीले आफ्नो उत्पादन बेच्न भ्याइनभ्याइ भएको बताए । सुरुमा प्रतिकेजी ५० रुपियाँमा खरबुजा बेचेका किसानले उत्पादन बढेपछि अहिले मूल्य घटाउँदै प्रतिकेजी २० रुपियाँमा बिक्री गरिरहेका छन् । खेर […]
कोहलपुर, जेठ ५ गते । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले गाउँपालिले मृत्युदर घटाउने अभियान सुरु गरेको छ । नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्वारा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधिले मातृ मृत्युदर घटाउन विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका छन् । डुडुवामा […]
बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिका ६ मैनापोखरका सकिना खानको घर भत्काईएको घट्रनाको ब्यापक बिरोध भएको छ । भुमि अधिकार मंच बर्दिया र पालिकाका प्रमुख राजनीतिक दलहरुले शुक्रबार बढैयाताल गाउँपालिकाको गेट अगाडी बिरोध तथा जनप्रर्दशन गरेकाछन् । बिरोध सभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका महासचिव ठाकुर सिंह थारुले सकिना खानको घर भत्काइनु पालिकाको अमानबिय काम भएको बताए […]












