२०८२ पुष १९ गते (शनिबार) दिउँसोः देशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। रातीः कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली […]

  नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा बद्री चापागाइँले जानकारी दिए । उनले सो रोग लागेकै […]

देउखुर, दाङ — माघी पर्व नजिकिँदै जाँदा दाङको देउखुरी क्षेत्रका थारु बस्तीमा यसको तयारी सुरु भएको छ। थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा अनुसार पर्व आउनु एक महिना अघिदेखि नै तयारी थाल्ने चलन छ। यसका कारण अहिले थारु बस्तीमा स्थानीयको चहलपहल र व्यस्तता बढेको छ। माघ नजिकिँदै जाँदा थारु समुदायसँग सम्बन्धित सङ्घसंस्थाले सांस्कृतिक […]

बर्दिया — पुस १५ गते मधुवन नगरपालिका–२ कोठिया गाउँकी १७ वर्षीया विनिता परियारको ज्यान लिने बाघ नियन्यत्रण गर्नका लागि बर्दिया राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती र प्राविधिक टोलीसहित नेपाली सेना परिचालन गरेको छ । खाता जैविक मार्गको पत्थरबोझी क्षेत्रमा बाघको खोजी गरी नियन्त्रणमा लिन संयुक्त टोली खटिएको हो । केही महिनायता हात्ती, बाघ, चितुवाले मानिसको […]

खजुरा। बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् […]

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा शुक्रबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही […]

  बर्दिया —नेपाल-भारत सीमावर्ती वनमा भैंसी गोठालो गएकी एक महिलाको हात्तीले ज्यान लिएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँग तीनजना भैंसी गोठालो गएका थिए । हात्ती देख्नासाथ दुईजना भने ज्यान जोगाएर भागेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी […]

गुलरिया । बर्दियामा चितुवाको आक्रमणबाट आज बिहान दु बारबर्दिया नगरपालिका ६, मनिकापुरका ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू घाईते भएका छन् । उनीहरुलाई मनिकापुर नगरअस्पताल नजिकै चितुवाले आक्रमण गरेको स्थानीयले जनाएका छन् । बाटोमा हिँडिरहेको समयमा चितुवाले आक्रमण गरेको हो । घाइते इश्वरको बाँया खुट्टाको पैताला र जलवीरको ढाडमा चोट लागेको छ […]

काठमाडौँ —ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् […]

  बाँके। नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका –३ खजुरा बजारस्थित पेडारी नालामा चार लेनको पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले एक महिनाभित्र नयाँ पुलबाटै सवारी साधन सञ्चालन हुने गरी निर्माण कार्य तीव्ररुपमा अघि बढेको जानकारी दिनुभयो । योजना प्रमुख भण्डारीले भन्नुभयो, […]