काठमाडौं, ९ बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको आँशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
काठमाडौँ । राज्य द्रोहको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा उपचारका लागि रिहाई भएपछि बुधबार मुम्बई जाने भएका छन् । क्यान्सरको फलोअपका लागि जबरा भारतको मुम्बई जान लागेको बताइएको छ । तीनकुनेमा अवान्छित गतिविधि गरेको आरोपमा गत चैत १५ गते उनी पक्राउ परेका थिए । प्रहरीले बोलाएको बेला उपस्थित हुनेगरी प्रहरीले […]
रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने गएका तीन जना बालक डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।न् । सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव,१४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएका हुन् । नदिमा बेपत्ता बालकहरूको खोजी कार्यको […]
बबई (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जले मानव आक्रमण गर्ने वा समस्याग्रस्त भएका पाटेबाघलाई नियन्त्रणमा लिएर खोरमा राखेर पालनपोषण गर्दै आइरहेको छ । अहिले पनि बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पाँच वटा समस्याग्रस्त पाटेबाघलाई खोरमा राखेर पालनपोषण गर्दै आएको छ । त्यसरी पालनपोषण गर्दै आइरहेको बाघलाई उसको आहारामा समेत कमी आएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा दुई र […]
डुडुवा (बाँके), ८ वैशाख । किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ । धानको मूल बीउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो । उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको पालिकाका कृषि […]
नेपालगन्ज —रौतहट जिल्ला फुटबल संघ नेपालगन्ज लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रौतहटले आइतबार घरेलु टोली बाँके ११ लाई ३–० ले पराजित गर्यो । रौतहटलाई विजयी दिलाउन जेनिफर रानामगर, समीक्षा राई, पियुलीले राओले गोल गरे । प्लेयर अफ द म्याच सिमरन राई भइन् । जेनिफरको गोलमार्फत २७औं मिनेटमा रौतहटले अग्रता लिएको थियो । सेनु […]
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती हाजिरी जमानीमा छोडेको प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको एसएसपी अधिकारीले बताए । उनले भने, ‘ उहाँको मुखमा […]
काठमाडौं, ८ बैशाख । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापिय रेखाको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा […]
काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरु रिहा भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई अघि दिउँसो पक्राउ गरिएको थियो। तर, ४ घन्टा नियन्त्रणमा लिए पछि भर्खरै उनीहरूलाई रिहा गरिएको हो । यसरी रिहा हुनेहरूमा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा […]
काठमाडौँ — निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । संसदीय दलको कार्यालयमा बैठक सकेर निस्केपछि सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू पक्राउ परिसकेपछि पनि राप्रापाका नेता तथा कार्यकर्ताहरु प्रदर्शन जारी […]










