प्रतीक इच्छुक शर्मा सल्यान, माघ ५ गते । बाँके राष्ट्रिय निकुञ्जबाट बारम्बर प्रवेश गर्ने पाटे बाघलगायत हिंस्रक वन्यजन्तुका कारण सल्यानको कालीमाटी गाउँपालिका–६ र ७ का बस्ती दीर्घकालीन जोखिममा परेका छन्। पछिल्लो एक साताभित्र बाघको आक्रमणबाट तीन जनाको ज्यान गएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । समस्या समाधानका लागि स्थानीयले सङ्घर्ष समिति गठन गर्दै चरणबद्ध आन्दोलन […]
नेपालगन्ज, ४ माघ २०८२ नेपालगन्ज साईक्लिङ्ग क्लबको आयोजनामा प्रत्येक बर्ष हुने टुर दी ठाकुरद्धरा ८ औं संस्करणको आईतबार नेपालगन्जमा कार्यालयको सचिवालय उद्घाटन गरिएको छ । नेपालगन्जका मेयर प्रशान्त बिष्टले रिवन काटेर कार्यालयको उद्घटन गरेकाछन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर बिष्टले टुर दी ठाकुरद्धरा अभियानले नेपालगन्जलाई चिनाउने काम गरेको बताए । यो अभियानले साईक्लिङ्गको माध्यमबाट स्वास्थ्यमा […]
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागि हुनकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो । रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट […]
नेपालगन्ज । बाँके जिल्लाको पूर्वी क्षेत्रमा गत केही दिन यता पाटेबाघ र चितुवाको आतङ्क बढेको छ । जिल्लाको पूर्वमा पर्ने राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतङ्क बढेपछि स्थानीय आतङ्कित र भयभीत बनेका हुन् । केहीदिन अघि बाँकेको राप्ती सोनारी–१ सौरी निवासी […]
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने बताए । ‘हामी आज रिट लिएर जाने तयारीमा छौं,’ उनले भने । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति […]
दाङ । घाँटी र टाउकोमा थारू परम्परागत गहना, शरीरमा चोल्या र लेहङ्गा । १२ वर्षीय पूजा चौधरी अचेल अरू दिन झैँ विद्यालय जान होइन, साथीहरूसँग मघौटा नाच्न गाउँमा निस्किनुभएको छ । मघौटा नाच्न दङ्गीशरण गाउँपालिका–३, हेकुलीकी पूजा गाउँका गल्ली गल्ली डुल्दै माघको मघौटा नाचमा व्यस्त हुनुहुन्छ । पूजासँगै १३ वर्षीय सृष्टि चौधरी पनि तालमा ताल मिलाउँदै नाचिरहनुभएको छ । […]
काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भूभागमा […]
गुलरिया (बर्दिया), माघ २ गते । बर्दियाको बढैयातालमा सारसको सङ्ख्या बढेको छ । गत वर्ष तीन वटा सारस भेटिएकोमा यस वर्ष बढैयातालमा सात वटा सारस फेला परेका छन् । सारसले बच्चा जन्माएको र अन्य स्थानबाट बसाइँ सरेर आएका हुनाले सारसको सङ्ख्या बढेको हो । गत सोमबार र मङ्गलबार गरिएको जलपन्छी गणनामा दुई बच्चासहित सात वटा सारस फेला […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको छ । यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा घटाएको मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ […]
काठमाडौ । हिउँद निख्रिन अब डेढ महिना मात्रै छ। सामान्यतया नेपालमा हिउँदयाम भनेर मंसिर १५ देखि फागुन १५सम्मका अवधिलाई मानिन्छ। हिउँद सुरू भएको डेढ महिनामा एक झर पानी परेन। जताजतै सुख्खा लागेर हिउँदे कमाइ नै प्रभावित भएको छ। वायु मण्डल विषाक्त बन्दै गएको छ। धुवाँधूलोले सास फेर्न पनि मुस्किल छ। डढेलोको समस्या पनि बाक्लिन थालेको […]












