सम्बोधनको भाषा: प्रधानमन्त्रीले सम्बोधनको सुरुमा नेपाली र अन्त्यमा मैथिली भाषाको प्रयोग गरेका थिए। निष्पक्ष छानबिनको प्रतिबद्धता: घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। विश्वासको वातावरण र संवाद: संवेदनशील परिस्थितिमा स्थानीय तहमा विश्वासको वातावरण बनाउन नागरिक अगुवा, राजनीतिक दल र धार्मिक समुदायसँग निरन्तर संवाद भइरहेको बताइएको छ। सुरक्षा संयन्त्र परिचालन: स्थिति सामान्य […]

काठमाडौँ। सिरहाको गोलबजारमा बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएपछि घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहेका छन्। प्रहरीका अनुसार समितिले घटनास्थलको निरीक्षण, प्रमाण संकलन र सम्बन्धित […]

बर्दिया । जैविक मार्ग र सामुदायिक वन क्षेत्र नजिकैका बस्तीहरूमा मानव र वन्यजन्तुबीचको द्वन्द्व चुलिँदै जाँदा बर्दियामा मानवीय क्षति निरन्तर बढ्दै गएको छ। डिभिजन वन कार्यालय, बर्दियाका अनुसार विगत सात वर्षको अवधिमा जैविक मार्ग तथा वरपरका सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाले ज्यान गुमाएका छन्। विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसँग […]

नेपालगञ्ज/रासस। बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दायर गरेका दुइवटा मुद्दामा अदालतले एक व्यवसायीलाई एक वर्ष कैद र अर्कालाई रु ५० हजार जरिवानाको फैसला सुनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले […]

बीबीसी । मङ्गलवार दिउँसो १२ बजेतिर काठमाण्डू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीचिङ् अस्पताल) पुग्दा उक्त परिसरमा सिराहाबाट आएकी शोभादेवी चौधरी हताश र अन्योल अवस्थामा भेटिइन्। हाडजोर्नी र मिर्गौलाको समस्याबाट पीडित उनी बिहान सातै बजे अस्पताल आइपुगेकी रहिछन्। “यहाँ बन्द छ भनेर थाहा थिएन। आज मिर्गौलाको जाँच भनेको थियो। घण्टौँदेखि पर्खिएर बसिरहेकी छु। टाढाबाट आउनुपर्छ। […]

इनरुवा – सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ। जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकको निर्णयअनुसार मंगलबार राति ९ बजेदेखि लागू हुने गरी जिल्लाका प्रमुख १० वटा स्थानीय तह (क्षेत्र) मा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो। नवनियुक्त प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद […]

नेपालगन्ज /रासस। बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए । बीस किलोलिटर क्षमता भएको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको हो । अस्पतालको […]

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग आसपास सरेकाले मनसुनी गतिविधि बढ्ने महाशाखाको आकलन छ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार शनिबार […]

  सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका-१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका थिए । सरकारले कमैया मुक्तिको घोषणा गरेसँगै आफ्नै घर, आफ्नै जमिन र सम्मानजनक जीवन पाउने उनीहरूको विश्वास थियो । सरकारले उनीहरूलाई जग्गाको लालपुर्जा पनि दियो, तर त्यसको श्रेस्ता कायम भएन । त्यसयता मालपोत कार्यालय धाउँदा–धाउँदा वर्षौं बिते, […]

  भारदह (सप्तरी)। सप्तरीको तिरहुत गाउँपालिका वडा नं. १ धनपुरीकी सरितादेवी सदाले एकै पटक तीन जना सन्तान (तिम्ल्याहा) लाई जन्म दिनुभएको छ । उहाँले बिहीबार दिउँसो करिब ३:३० बजे स्थानीय भारदह अस्पतालमा सामान्य प्रसूति (नर्मल डेलिभरी) मार्फत तिम्ल्याहा सन्तानलाई जन्म दिनुभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम देवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले आमा र तीनै […]