बाँके । राप्ती सोनारी गाउँपालिका ८ भगवती सामुदायिक बनमा बाघले आक्रमणम गरि ओभरिकि ६३ बर्षिया चेती बुढाको ज्यान लिएपछि त्यस क्षेत्रमा त्रास बढेको छ । बुधबार उनि घाँस दाउरा लिन सामुदायिक बन गएकि थिन । बिहान बन गएकि उनको शब तिन बजे भेटिएको थियो । बाघले शब खाएको अवस्थामा भेटिएपछि स्थानीय त्रासमा छ्न । […]
नेपालगञ्ज/ रासस—केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना तथा सर्वेक्षणमा बीस प्रजातिका चरा भेटिएका छन् । जिल्लाको राप्ती नदीको कुसुमदेखि सिक्टा क्षेत्र र विभिन्न ताल एवं नदीमा ती प्रजातिका चरा भेटिएका हुन् । चराका त्यस्ता प्रजातिमा चखेवालगायत साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा भएको चराविज्ञ राम शाहीले बताए। ‘ताल, तलैयामा भएको फोहोरले चराको बासस्थानलाई […]
काठमाडौं । हुस्सु र कुहिरोका कारण आज बुधबार नेपालगन्जलगायत तराईका तीन विमानस्थलमा सबै उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज, सिमरा, धनगढीका सबै उडान रद्द भएका हुन् । तराईमा बाक्लो हुस्सुका कारण उडान निरन्तर प्रभावित बनिरहेको छ । काठमाडौंमा भने मौसम सफा रहेका कारण उडान/अवतरण सामान्य छ ।
नेपालगञ्ज /रासस। केही दिनयता नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण सुरु गरेका छन् । आठ स्थानीय तह रहेको बाँकेका सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पालिकाका विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने प्रबन्ध गरिएको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । […]
टर्की – टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ। स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा आगलागी भएको […]
बाँके/रासस— चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ । शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले स्पष्ट पारिन् […]
नेपालगन्ज । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरुमा हुस्सु / कुहिरो लागेको छ । मौसम पुर्बानुमाण शाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरु तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई […]
नेपाल पत्रकार महासंघ बाँकेले ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम गरेको छ । बह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगञ्जसंगको सहकार्यमा आज राजयोग प्रशिक्षण केन्द्रमै अभिप्ररेणा कार्यक्रम गरिएको हो । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभिप्रेरणा कार्यक्रममा बह्मकुमारी ईश्वरीय विश्वविद्यालय […]
आशा लघुबित्त बितिय संस्था गुलारिया शाखाले आप्mनो संस्थाको मृतक सदस्याको परिवारलाई बिमा सुबिधा बापत्को ८ लाख ३ हजार ३ सय १५ रकम प्रदान गरेको छ । मंगलबार संस्थाका शाखा प्रबन्धक तेज राज न्यौपाने, लेखापाल नबिना गुरुङ बिसी, बित्तिय कनिष्ठ सहायक निर्माला बुढा र सदस्याहरुको रोहवरमा संस्थाका सदस्य मृतक बारबर्दिया नगरपालिका ५ का मिना कुमारी चौधरीको […]
बाँके- बाँकेको राप्ती सोनारी गाउँपालिका–२, राजपुरका किसानहरु जंगली जनावरको आतंकले आर्थिक र मानसिक दुवै समस्या झेलिरहेका छन् । बाघ, बाँदर, निलगाई र बँदेलका कारण किसानका बाली र पशुचौपायामा ठूलो क्षति पुगेको छ तर समस्या समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको गुनासो छ । स्थानीय खडक बहादुर ओली भन्नुहुन्छ, “बाघले खोरबाटै बाख्रा तानेर लग्छ […]












