बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्ष सँग छलफल गरेका छन् । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेतमा आज छलफल गरेको मुख्य मन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए । मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र […]
नेपालगञ्ज (बाँके)- बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गरिएको छ। निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले जानकारी दिए। निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए। उक्त सवारीमा बढीमा १० जनाले जंगल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि दुई […]
बर्दिया —बर्दिया प्रहरीले बर्दिया जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र लागुऔषध मुद्दामा फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएक छ । अदालतले गत बैशाख ३१ गते २२ दिनको कैद सजाय सुनाएको गेरुवा गाउँपालिका–५ का एक किशोरलाई गुलरियाबाट रलागुऔषध मुद्दामा कैद सजाय र जरिवाना भई पाएका बाँके बैजनाथ गाउँपालिका–३ बनखेतका ३७ वर्षीय नरेश खत्रीलाई प्रहरीले नियन्त्रणमा […]
बाँके- कोहलपुर नगरपालिका-३ मैटहवाबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ३ ग्राम ५ सय ५० मिलिग्राम र नगद १२ हजार ५ सय रूपैयाँ सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बारबर्दिया नगरपालिका-८ बस्ने २२ वर्षीय संतोष आउजी, ३० वर्षीय राम प्रसाद चौधरी र २९ वर्षीय प्रेम भण्डारी रहेका छन् । इलाका […]
रूपन्देही/ १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालगन्ज/ईकान्तिपुर—नेपालगन्जस्थित भेरी अस्पतालको गेटबाट १४ वर्षीया छोरीलाई साथमा लिएर हिँडेकी उनी दिनभर छोरीको स्वास्थ्य जाँचका लागि अस्पताल वरिपरि दौडिरहेकी थिइन् । सोमबार अस्पतालका कोठाहरू चहार्दा पनि उनले छोरीलाई छाडिनन् । उनका आँखामा पीडासँगै डर पनि देखिन्थ्यो । बाँकेको नरैनापुरस्थित नेपाल–भारत सिमानामा बस्ने पीडित परिवार सामूहिक बलात्कारमा परेकी छोरीलाई न्यायका लागि मात्र लडी रहेको छैन, परिवारकै सुरक्षालाई लिएर […]
नेपालगन्ज । नियाकम निकाय राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको छ । कर्णाली विकास बैंक सञ्चालनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक […]
नेपालगञ्ज/रासस । बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका फेला परेका छन् । गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार पाँच सय ८८ बालबालिका फेला परेका हुन् । “पछिल्लो समय कुपोषण भएका बालबालिकाको अवस्था घट्दो देखिन्छ । यद्यपि जिल्लाका आठ वटै स्थानीय तहमा चालु आवको पाँच महिनामा एक हजार पाँच सय ८८ बालबालिका फेला […]
धनगढी/ईकान्तिपुर—कैलालीको भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ । उनलाई गाउँकै नातेदारलगायतले पुस १ र ४ मा कुटपिट गरेका हुन् । घाइते हसिनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । गाउँका ‘गुरुवा’ (थारू समुदायको देउता) मनोज चौधरीले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा आफूमाथि कुटपिट भएको हसिनाले बताइन् । उनका […]
लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि नेपागन्जमा हुने भएको छ। अन्तरालको आयोजना र बाँके जिल्ला फुटवल संघको सहकार्यमा नेपालगन्ज स्थित महेन्द्र रंगशालामा हुने उक्त फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन्। अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजकलाई सोमवार पत्र मार्फत लुम्बिनी कप महिला फुटवल संचालनकोलागि २०८१ फागुन १९ देखि […]












