चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका- २९ स्थित घुमाउनेमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । काठमाडौ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको र सडक किनारमा कोल्टे परेकाले ठुलो क्षति हुन बाट बचेको प्रहरीले जनाएको छ । दुर्घटनामा […]

  काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन् । शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् ।  उनी प्रधानमन्त्री नरेन्द्र मोदीको […]

  काठमाडौँ । जब विश्व स्वास्थ्य एम पक्स (मंकीपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्‍यो, तब विश्वभर एउटा प्रश्न सोधियो । के मंकीपक्स नयाँ कोरोना हो ? वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ– होइन, त्यस्तो होइन । तर यसको विषयमा आम मानिसको चिन्ता भने जायज छ । डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) युरोपका क्षेत्रीय निर्देशक […]

  .काठमाडौँ । मानव बस्तीहरू मध्ये युरोप पृथ्वीको सबैभन्दा चिसो महादेश हो । बढ्दो तापक्रमका कारण यहाँ गर्मीका कारण मृत्यु हुनेको संख्यामा ठूलो वृद्धि हुनसक्छ । शताब्दीको अन्त्यसम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या तीन गुणासम्म बढ्न सक्छ । प्रकृति र वातावरणमा तीव्र परिवर्तनका बीच युरोपमा बढ्दो गर्मीका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । […]

  काठमाडौँ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा […]

दमौली । तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा भारतीय पर्यटक रहेको र बसमा अनुमानित ४० जना यात्रु रहेको बताइएको छ । अहिले प्रहरीको उद्धार टोली घटनास्थल पुगेर उद्धार जारी रहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

रासस/नेपालगञ्ज । सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत […]

नेपालगन्ज, भदौ ७ गते । डुडुवा खोलाले बर्सेनि गर्दै आएको तीव्र कटान र डुबानका कारण तीन वटा पालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जग्गा जोखिममा परेका छन् । वर्षाको समयमा डुडुवाको कटान र डुबानबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जमिन अत्यधिक जोखिममा परेका हुन् । डुडुवा–१ का वडाध्यक्ष पटेश्वर कुर्मीले डुडुवाखोलाको कटानका […]

  बर्दिया । पश्चिम तराईका थारु गाउँहरुमा धमाधम हरेरी पुजा भईरहेको छ । यो पूजाले थारु गाउँहरुमा पर्व सुरु हुने र खुसीयालीको संकेत गर्दछ । बर्दियाको बढैयातालगाउँपालिका ७ फुलपुर गाउँमा हरेरी पुजा सम्पन्नभएको छ । गाउँका ठुलो गुरुवा ठग्गा रामथारु, केसौकासितारा थारु र दिपकथारुले हरेरी पुजा गरेको गाउँका बरघर राम शरण थारुले बताए । धानबालीमा […]

चितवन । मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाँधेको भैँसीले बिहीबार बिहान सवा ३ बजे हान्दा बाघको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी बाघसंग लड्दा घाइते भएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। ‘बाघ बुढो, असाध्यै दुब्लो […]