नेपालगञ्ज/ईकान्तिपुर — विभिन्न माग राख्दै विगत २० दिनदेखि अनशनरत बाँकेकी रुबी खानलाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार दीपा दाहाल, एआईजी सुशीलसिंह राठौर र गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले लगायतको टोली नेपालगञ्ज पुगेको छ । सरकारी टोलीले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र अनशन तोड्ने तथा माग सम्बोधन गर्ने विषयमा छलफल जारी रहेको जानकारी दिएको छ । अहिले […]

  प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय । १. सक्षम, न्यायपूर्ण र समुन्नत नेपालको आकाङ्क्षा बोकेका परिवर्तनकामी युवाहरूको आन्दोलन र उत्सर्गको जगमा सम्पन्न आमनिर्वाचनबाट प्राप्त अभूतपूर्व जनादेश शिरोपर गर्दै बनेको सरकारको अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न आज म यस गरिमामय सदनमा उभिएको छु। यस अवसरमा […]

  बीबीसी । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्च अदालत प्रशासनलाई प्रधानन्यायाधीशमा भएको सिफारिसविरुद्ध परेको रिट निवेदन दर्ता गर्न भनी दिएको बताइएको आदेशको विषयले संसद्‌देखि कानुन व्यवसायीहरूको छाता सङ्गठनसम्ममा प्रवेश पाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले प्रशासनिक आदेशको विरोध गरेका छन् भने विपक्षी नेकपा एमालेका सांसदले सत्तारूढ दलका सांसदका कदमप्रति आपत्ति जनाएका छन्। […]

डुडुवा (बाँके) । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा आइतबार गाउँपालिकाको सभाहलमा भएको विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख चौधरीले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको भन्दै […]

    काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट हालसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ वटा शंकास्पद केसहरू फेला परेका छन्। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ। कंगोका स्वास्थ्यमन्त्री स्यामुएल-रोजर कम्बाका अनुसार, यस पटकको पहिलो सङ्क्रमण […]

नेपालगन्ज, ३१ बैशाख २०८३ खजुरा स्थित अरुणोदय बोर्डिङ हाई स्कूलले एस.ई.ई. २०८२ मा यस पालिकाको संस्थागत विद्यालयहरू मध्ये उच्चतम जी.पी.ए. ३.९६ सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराई उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। बिद्यालयमा अध्ययनरत् छात्रा खुसी गिरीले ३.९६ जी.पी.ए.,आस्था भण्डारीले ३.९१ जी.पी.ए., सम्झना बी.सी. ३.८१ जी.पी.ए. लगायत १० जना विद्यार्थीले ए+ ग्रेड प्राप्त गरेको […]

नेपालगन्ज, शुक्रबार १ बैशाख २०८३ रेडियो कृष्णसार एफएम नेपालगन्ज बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न गरिएको छ। खजुरा गाउँपालिका वडा नम्बर २ स्थित हरित सृजना सामुदायिक वन उपभोक्ता समूह गौघाटको हलमा सम्पन्न गरिएको छ । तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता रेडियो कृष्णसार […]

काठमाडौं । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो ।   पूर्वाधार विकासमन्त्री सुनिल […]

बीबीसी -प्रतिनिधिसभाको बुधवारको कार्यसूची आएपछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्‌मा जबाफ दिन लागेको चर्चा चल्यो। प्रधानमन्त्रीले ‘नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यस क्रममा उठेका प्रश्नहरूको उत्तर दिने’ भनिएको थियो। ‘बोल्ने भए बालेन’ भन्ने खालका प्रतिक्रियाहरू सामाजिक सञ्जालमा आए। तर त्यो लामो समय टिकेन। प्रतिनिधिसभा बैठक सुरु भइसक्दा पनि सिंहदरबारभित्रै […]

बर्दिया, मंगलबार २९ बैशाख २०८३ बर्दियाको बढैयाताल ६ मैनापोखरमा रहेको कृष्णसार बिद्या निकेतनले २०८२ सालको एस. ई. ई. परिक्षामा जिल्ला मै उत्कृष्ट नतिजा सहित बिद्यार्थी उतिर्ण गराई इतिहास रच्न सफल भएको छ । एस.ई. ई. परीक्षामा सम्मेलित २६ जना बिद्यार्थीहरु मध्ये २५ जना बिद्यार्थी उतिर्ण भएको बिद्यालयका प्रधानध्यापक नगेन्द्र भण्डारीले बताए । उतिर्ण हुने बिद्यार्थीहरु […]