काठमाडौँ । वीरगन्जमा निषेधाज्ञा थप भएको छ । शुक्रबार बेलुक ५ बजे देखि शनिबार बिहान ६ बजे सम्म भेला, प्रदर्शन जुलुस गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । बिहीबार पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको आदेशअनुसार वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा (curfew/prohibitory order) लागू गरिएका चार किल्ला/सीमा क्षेत्रहरू निम्न […]

  महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ । प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् । बन्दका कारण दैनिक जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्र सुनसान बनेको छ । […]

सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । घटनाको ५ दिनपछि घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग सहमति गरेका हुन् । सम्झौता पत्र आज मिति २०८३ श्रावण १४ गते देवानगञ्ज गाउँपालिका, वडा नं. ३, कसानगञ्जमा गत श्रावण […]

  सप्तरी । सप्तरीको राजविराज क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु जारी गरेको प्रशासनले आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु आदेश […]

सम्बोधनको भाषा: प्रधानमन्त्रीले सम्बोधनको सुरुमा नेपाली र अन्त्यमा मैथिली भाषाको प्रयोग गरेका थिए। निष्पक्ष छानबिनको प्रतिबद्धता: घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। विश्वासको वातावरण र संवाद: संवेदनशील परिस्थितिमा स्थानीय तहमा विश्वासको वातावरण बनाउन नागरिक अगुवा, राजनीतिक दल र धार्मिक समुदायसँग निरन्तर संवाद भइरहेको बताइएको छ। सुरक्षा संयन्त्र परिचालन: स्थिति सामान्य […]

काठमाडौँ। सिरहाको गोलबजारमा बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएपछि घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहेका छन्। प्रहरीका अनुसार समितिले घटनास्थलको निरीक्षण, प्रमाण संकलन र सम्बन्धित […]

बर्दिया । जैविक मार्ग र सामुदायिक वन क्षेत्र नजिकैका बस्तीहरूमा मानव र वन्यजन्तुबीचको द्वन्द्व चुलिँदै जाँदा बर्दियामा मानवीय क्षति निरन्तर बढ्दै गएको छ। डिभिजन वन कार्यालय, बर्दियाका अनुसार विगत सात वर्षको अवधिमा जैविक मार्ग तथा वरपरका सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाले ज्यान गुमाएका छन्। विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसँग […]

नेपालगञ्ज/रासस। बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दायर गरेका दुइवटा मुद्दामा अदालतले एक व्यवसायीलाई एक वर्ष कैद र अर्कालाई रु ५० हजार जरिवानाको फैसला सुनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले […]

बीबीसी । मङ्गलवार दिउँसो १२ बजेतिर काठमाण्डू महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीचिङ् अस्पताल) पुग्दा उक्त परिसरमा सिराहाबाट आएकी शोभादेवी चौधरी हताश र अन्योल अवस्थामा भेटिइन्। हाडजोर्नी र मिर्गौलाको समस्याबाट पीडित उनी बिहान सातै बजे अस्पताल आइपुगेकी रहिछन्। “यहाँ बन्द छ भनेर थाहा थिएन। आज मिर्गौलाको जाँच भनेको थियो। घण्टौँदेखि पर्खिएर बसिरहेकी छु। टाढाबाट आउनुपर्छ। […]

इनरुवा – सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ। जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकको निर्णयअनुसार मंगलबार राति ९ बजेदेखि लागू हुने गरी जिल्लाका प्रमुख १० वटा स्थानीय तह (क्षेत्र) मा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो। नवनियुक्त प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद […]