देउखुरी, वैशाख २७ गते । लुम्बिनी प्रदेशमा राजस्व सङ्कलनमा सङ्कुचन आएपछि आगामी आर्थिक वर्षको बजेट घटाइने भएको छ । चालु आवमा छ अर्ब ७३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रदेश सरकारले अपेक्षित राजस्व सङ्कलन गर्न नसकेपछि बजेटको आकार घट्ने भएको हो । अब केन्द्र सरकारले पठाएको बजेटलाई नै बाँडफाँट गरेर आगामी वर्षका लागि बजेट निर्माण गर्नुपर्ने […]

  काठमाडौँ, वैशाख २७ गते । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । […]

रासस/ खजुरा । अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार नेपालगञ्जको अधिकतम तापक्रम बढेको हो । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको […]

  खजुरा, वैशाख २६ गते । बाँकेमा कृषि अनुदानका लागि जिल्लाका करिब नौ सय बढी किसानले आवेदन (प्रस्तावना) दर्ता गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्ज कार्यालयमा नौ सय बढी आवेदन दर्ता भएको ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका सूचना अधिकारी कृषि अर्थ विज्ञ जीवनकुमार केसीले कार्यालयले आह्वान गरेको सूचनाका आधारमा कृषि […]

  बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाले वडा नंं ६ मैनापोखरका वडा अध्यक्ष शुक्रराज सापकोटाले घर नभत्काउने सर्तमा १ लाख पैसा घुस मागेको घटनामा श्री साना किसान सहकारी संस्था लिमिटेड मौपोखरका सहयाक प्रबन्धक मधुराम थारु पनि मुछिएका छन् । पीडित सकिना खानले वडा अध्यक्ष सापकोटालाई ५० हजार नगद मधुराम कै घरमा राति ८ वजे बुझाएको भिडियो […]

  नेपालगन्ज, वैशाख २५ गते । बाँकेमा पाँच हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। जिल्लाका विभिन्न सामुदायिक वन र चक्ला वन क्षेत्रमा केही महिनादेखी डढेलो लागिरहेको छ । बाँकेको नरैनापुर, राप्ती सोनारी, कोहलपुर लगायत क्षेत्रमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुर सब डिभिजनका […]

  बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाले वडा नंं. ६ मैनापोखरका वडा अध्यक्ष शुक्रराज सापकोटाले घर नभत्काउने सर्तमा १ लाख पैसा मागेको पीडितले आरोप लगाएका छन । पीडित सकिना खानले वडा अध्यक्ष सापकोटाले ५० हजार नगद बुझिसकेको र बाँकि रकम ५० हजार नपाएको झोकमा घर भत्काएको गुनासो गरिन । सापकोटाले बन्दै गरेको दुई कोठाको घरमा डोजर […]

नेपालगन्ज, वैशाख २५ गते । बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ । कोहलपुरको नापी र मालपोत कार्यालयमा बिचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा गएको सुरक्षा निकायसहितको टोलीले नापी र मालपोत कार्यालयको अनुगमन गर्दा ६ जना बिचौलियालाई पक्राउ गरेको इलाका […]

बर्दिया/ईकान्तिपुर — बर्दियाको सनकट्टी घाट र कैलालीको टीकापुर जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण सुरु भएको छ । उक्त पुल ०८४ साल पुस मसान्तसम्म निर्माण सम्पन्न हुने रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले जनाएको छ । १ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण हुने पुलको लम्बाइ ७ सय ५० मिटर रहेको रसुवा कन्स्ट्रक्सनका साइट इन्चार्ज कृष्ण ढुंगेलले […]

    कपिलवस्तु वैशाख २५ गते । कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगङ्गा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासुसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्ड खटिएको टोलीले सोही नगरपालिका वडा […]