बाँके- १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-२ मधुवा बस्ने २४ वर्षीय लक्ष्मण खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कचनापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँके- जानकी गाउँपालिका-१ साईगाउँबाट करिब १ लाख रूपैयाँ बराबरको पटका सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहाराईच रूपैडिया बस्ने २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आउँदै गरेका […]

बाँके— तीहार नजिकिदै गर्दा भारतबाट मजदुरी गरी घर फर्किने नेपालीहरुको लार्को लाग्न थालेको छ । दसैंमा घर आउन नसकेका उनीहरु तीहारको मुखमा नेपालगन्ज नाका भएर धमाधम फर्किरहेका छन् । आर्थिक अवस्था कमजोर भएका पहाडी जिल्लाका हजारौ नेपाली भारतको सिमला, कालापहाड लगायतका क्षेत्र मजदुरी गर्न जाने गरेका हुन । तीहार मनाउन भारतबाट मजदुरी गरी दैनिक करिव […]

  काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेट भएको सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय […]

  काठमाडौँ, असोज २९ गते । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार राति १ः०८ मा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ । भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा […]

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गरेका थिए ।

  बर्दिया — बर्दियाका सामुदायिक वनमा बाघले दैनिक जसो आक्रमणका घटना हुुने क्रम जारी छ । मंगलबार दिउँसो बारबर्दिया नगरपालिका वडा न११ बेलभारको पचासामा धान काटिरहेको अवस्थामा भादु थारुलाई आक्रमण गरी घाईते बनाएको छ । उनको बारबर्दियाको नगरअस्पतामा उपचार भईरहेको स्थानीय किशोर थारुले बताए । हिजो साँझ मधुवनको ओराली बजारमा बाघले आक्रमण गरेको घटना सार्वजनिक […]

  काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार जनकपुर र भैरहवाको अधिकतम तापक्रम ३४ डिग्रीसम्म पुग्ने भएको छ । डडेलधुराको अधिकतम २५, धनगढीको ३३, नेपालगन्जको ३३, सिमराको ३२, जोमसोमको २०, जिरीको २३ डिग्री पुग्ने विभागले जनाएको छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम २ तथा जोमसोमको ४ डिग्रीसम्म झर्ने विभागले जनाएको छ ।

    काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।   राजदूत धनप्रसाद पण्डितले अनलाइनखबरसँग भने, […]