विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर एक स्थानीय युवक गम्भीर घाइते भएका छन्। देवानगञ्ज–१ का वडाध्यक्ष सूर्यनारायण पालका अनुसार गोली लागेर घाइते हुनेमा स्थानीय निरज यादव रहेका छन्। उनको तिघ्रामा गोली लागेको छ। घाइते यादवको हाल विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब […]

नेपालगन्ज/ईकान्तिपुर — राप्ती नदीको बाढी र डुबानबाट जोगिन पुलको लम्बाइ नै बढाउनुपर्ने माग बाँकेको सिधनियाघाटका स्थानीयले गरेका छन् । ७ सय मिटर लामो पुलको निर्माण ७५ प्रतिशत सकिइसकेपछि उनीहरूले थप ४४० मिटर पुल बनाउन माग गरेका हुन् । बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने राप्ती नदीस्थित सिधनियाघाटमा १ अर्ब १९ करोड रुपैयाँ लागतमा […]

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा लामो समयदेखि चर्चित रहेको जङ्गली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने २० हजारी ताल नजिकैको कुमाल ताल क्षेत्रमा रोनाल्डो आज बिहान मृत भेटिएको हो। मुख्य विवरणहरू: घटनाको अनुसन्धान: हात्तीको मृत्युको कारणबारे अध्ययन र अनुसन्धान भइरहेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी […]

बाँके/रासस । नेपालगन्जमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव यहाँको सांस्कृतिक पहिचान बन्दै गएको छ ।करिब डेढ शताब्दी भन्दा लामो इतिहास बोकेको यो रामलीला नेपालकै सबैभन्दा पुरानो र निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक उत्सव भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए । “हरेक वर्ष विजयादशमी (दशैं)को अवसरमा आयोजना हुने यो महोत्सवले […]

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा संखुवासभा, बर्दिया, चितवन र सर्लाहीका केही स्थानहरूमा भारी वर्षा मापन भएको छ। जिल्लाअनुसार वर्षाको विवरण: संखुवासभा: ९४.५ मिलिमिटर बर्दिया: ७५.२ मिलिमिटर चितवन: ५४.८ मिलिमिटर सर्लाही: ५३.८ मिलिमिटर वर्षाको मापन वर्गीकरण: मध्यम वर्षा: १० देखि ५० मिलिमिटर भारी वर्षा: ५० देखि १०० […]

काठमाडौँ — सरकारले वैदेशिक नीति, सुरक्षा, प्रविधि, आप्रवासन, शिक्षा तथा विकास साझेदारी जस्ता विभिन्न क्षेत्रका विज्ञहरूलाई १३ देशका लागि राजदूतमा सिफारिस गरेको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले भारत, चीन, अमेरिका र बेलायतसहितका प्रमुख कुटनीतिक नियोगहरूका लागि प्राज्ञिक तथा सुरक्षा क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई चयन गरेको हो। प्रस्तावित राजदूतहरू र उनीहरूको पृष्ठभूमि: निश्चलनाथ पाण्डे (भारत): वैदेशिक नीतिका […]

  काठमाडौं । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ ।  यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् । टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंकले साविककै आकार तथा रङमा, नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार संकेत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नयाँ नोट चलनचल्तीमा ल्याइएको हो । […]

नेपालगन्ज (बाँके)। गत वर्ष ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनीमा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय, नेपालगन्जले नष्ट भएका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) सम्बन्धी अभिलेख पुनः कायम गर्ने कामलाई तीव्रता दिएको छ। कार्यालयका अनुसार गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ वटा जग्गाको जग्गाधनी प्रमाणपुर्जासँग सम्बन्धित स्रेस्ता पुनः कायम गरिएको छ। आगजनीमा कार्यालयका महत्त्वपूर्ण […]

काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्रयाक निर्माण गरी दुईतर्फी सवारी सञ्चालनमा आएपछि आवागमन सहज बनेको छ। बाढी तथा पहिरोका कारण करिब १८ दिनसम्म पूर्ण रूपमा प्रभावित भएको सो खण्डमा परीक्षणपछि आज बिहानैदेखि दुईतर्फी रूपमा गाडी चल्न थालेका हुन्। सडक खुलेपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मालवाहक तथा यात्रुवाहक सवारीसाधनको सङ्ख्या उल्लेख्य बढेको छ। […]