बाँके । पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अत्यधिक गर्मी बढेको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन् । नेपालगन्जको चर्को गर्मी (४१–४२ डिग्री उच्च तापक्रम) मा विद्यालयका बालबालिका टिनको छानामुनि उकुसमुकुस भई तरतरी पसिना चुहाउँदै पढ्न बाध्य छन् । छिनछिनमा बिजुली जाने समस्या, पङ्खाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढाइ दुवै […]
२०८३ जेठ १७ गते (आइतबार) दिउँसोः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश […]
काठमाडौँ /रासस। आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना […]
काठमाडौँ । काठमाडौँको जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की रहेको प्रहरीले जनाएको छ। उनको बायाँ खुट्टामा गोली लागेको छ । जडीबुटीमा प्रहरीसँग भुठभेट हुँदा जवाफी कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन […]
नेपालगन्ज — लगातार बढ्दै गएको तापक्रमले बाँकेमा सर्वसाधारणको दैनिकीलाई नराम्ररी प्रभावित गरेको छ । लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम ४२ डिग्री आसपास पुगेपछि बिरामी हुनेको सख्या बढ्दै गएको छ । गर्मी अत्यधिक बढेसँगै जनजीवन प्रभावित बनेको छ । दिउँसोपख चरक्क लागेको घाम र तातो हावाका कारण मानिसहरु बिरामी पर्न थालेका छन् । भेरी अस्पतालको […]
काठमाडौँ । आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ । […]
जेष्ठ १६ गते (शनिबार) लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा […]
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए । त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने […]
नेपालगन्ज, जेठ १५ गते । बाँके जिल्लाका ६ वटा स्थानीय तहको बेरुजु करिब ३३ करोड रुपियाँ देखिएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्दा बाँकेका ६ स्थानीय तहको कुल १३ अर्ब ८१ करोड २० लाख ३२ हजार रुपियाँको लेखापरीक्षण गरिएकोमा ३२ करोड ९९ लाख ६७ हजार रुपियाँ बेरुजु […]
बर्दिया — बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा पाक्न लागेको चैते धानमा गबारो जातको किरा फैलिदै गएको छ । किरा नियन्त्रणका लागि किटनाशक विषादी प्रयोग गरे पनि फैलिने क्रम रोकिएको छैन । राजापुर–३ चख्खापुरकी अनिता चौधरी दुई सातादेखि फैलिएको गबारो नियन्त्रण गर्न कृषि प्राविधिकको सल्लाहले किटनाशक प्रयोग गरे पनि रोकथाम हुन नसकेको बताइन् । ‘विषादी […]












