बाँके । बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँस्थित आदर्श प्राथमिक विद्यालयको खेल मैदानमा प्रदेश सरकारले सुरु गरेको रङ्गशाला निमार्णमा ढिलाई हुँदै गएको छ । मिनी रङ्गशाला निर्माणको काम सुरु भए पनि पुर्णता पाउन नसेको निवर्तमान वडाध्यक्ष तथा न्यू डाँफे युवा स्पोर्टस क्लवका पूर्व अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए । उनका अनुसार मिनि रङ्गशालालाई पूर्णता दिन प्याराफिट […]

बर्दिया — बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर स्थानीय ८० वर्षीय चेतानन्द शर्माको मृत्यु भएको छ । प्रहरीका अनुसार अनुसार आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो । बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । बर्दियामा जाडोयाम लागे यता […]

  बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली नदीको पूर्वी भँगालो गेरुवा नदीमा पानीको सङ्कट गहिरिएको छ । वन्यजन्तुका लागि पानीको मुख्य स्रोत रहेको यही गेरुवा नदीमा एक दशकअघिसम्म प्रशस्त पानी बग्थ्यो । पानीको बहाव तीव्र थियो । पानी प्रशस्त हुँदा यस क्षेत्रमा निकुञ्जका गैँडा, हात्ती, बाघ र चराचुरुङ्गी आहाल बस्थे, पानी पिउँथे । पानी पिउन आउने वन्यजन्तुको […]

  खजुरा । बाँकेमा नेपाल सरकारले किसानहरूलाई अनुदानमा विक्री वितरण गर्न दिएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको छ ।नेपाल सरकारद्वारा अनुदानमा किसानहरूलाई बिक्री वितरण गर्न दिइएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । बाँकेको नरैनापुर ५ मटेहियास्थित ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ले किसानलाई वितरण गरिने रासायनिक मलमा दुरुपयोग […]

बाँके,/ कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकका सहचालक रूपन्देही देवदह नगरपालिका-६ खैरेनी बस्ने ३५ वर्षीय राम कृष्ण गोतामेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा […]

हिमाल खबर ।  सदियौंदेखि भोगचलन गर्दै आएको पुर्ख्यौली जग्गा सँधियारले मिचेपछि न्याय पाउने आसमा महीनैपिच्छे तारेख लिन बर्दियादेखि काठमाडौंसम्म साइकल चढेर आउजाउ गर्ने ६५ वर्षे शालिकराम अहिरको कथा-व्यथा। “एक जना अनौठो मानिस यहाँ आउनुभएको छ। आइहाल्नोस्। तपाईं आउने भए एकैछिन रोकेर राख्छौं,” सर्वोच्च अदालतका शाखा अधिकृत युवाचन्द्र घिमिरेले यस्तो सूचना दिएपछि माघ ४ गते तुरुन्तै […]

नेपालगन्ज । नेपालगन्जस्थित पुरानो र जीर्ण कारागारमा कैदीबन्दी राख्ने स्थान अभाव भएपछि बाँकेको नौवस्तामा नवनिर्मित नयाँ कारागारमा कैदीबन्दी तयारी सुरु भएको छ । नेपालगन्ज कारागारमा क्षमताभन्दा तेब्बरभन्दा बढी कैदी राख्नु पर्ने बाध्यता छ । नौबास्तास्थित कारागार ५० करोडभन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको हो । नौवस्ता कारागारको एउटा खण्डलाई बाल सुधारगृह बनाएर केही समयअघि […]

  काठमाडौँ । रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन सम्पन्न भएर आज नै मतपरिणाम आउन सक्ने निर्वाचन आयोगले जनाएको छ । फागुन २१ गतेबाट रिक्त हुने दुई जना राष्ट्रिय सभा सदस्य पदका लागि जारी निर्वाचनमा गठबन्धन दलको तर्फबाट दुई र नेकपा एमालेबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी […]

नेपालगन्ज । सरकारले सार्वजनिकस्थलमा सुर्तिजन्य बस्तुको प्रयोगमा रोक लगाएको कानुन बाँकेमा कार्यान्वयन हुनसकेको छैन । सुर्तिजन्य बस्तुको प्रयोग नियन्त्रणका लागि यसअघि पटकपटक प्रयास हुँदै आएको थियो । अभियान सुरु हुने रोकिने गरेको छ । सरकारले सार्वजनिकस्थलमा धुम्रपान गर्न नपाउने गरि ऐन ल्याएको हो । ऐनले सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुको प्रयोग गर्नमा रोक लगाउनुको साथै नाबालक […]

    काठमाडौँ, माघ १० गते । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधवार नेपालले पाकिस्तानसंग भिड्दै छ । नेपाली समयअनुसार दिउँसो पौने २ बजे खेल सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।