गुलरिया (बर्दिया), असार २७ गते । भारतको कर्तनियाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गको मध्वर्तीक्षेत्रका गाउँमा जङ्गली हात्तीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले हात्ती आएको सूचना प्रवाह गर्न साइरन जडान गरिएको छ । हात्ती प्रवेश गर्ने मार्गमा जडान गरिएको विद्युतीय तारबार हात्तीले छुने बित्तिकै जोडसँग साइरन बज्ने प्रविधि […]

  खजुरा, असार २७ गते । बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला छन् । आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका एकसय ७७ नेपाली […]

नेपालगन्ज २६ असार २०८१ बाँकेको जानकी गाउँपालिकाले गाउँसभाको १६ अधिबेशन सम्पन्न गरेको छ । गाउँसभाको अधिबेशनबाट नीति तथा कार्यक्रम पारित गरी ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँ बजेट ल्याएको छ । अगामी आर्थिक बर्ष २०८१÷८२ का लागि गाउँपालिकाका उपाध्यक्ष राम प्यारी यादवले प्रस्तुत गरेको ६८ करोड २७ लाख ६ हजार ३२ रुपैयाँ बजेट […]

नेपालगन्ज, २७ असार २०८१ कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक बर्षमा सम्पन्न बिभिन्न कार्यक्रमहरुको संयुक्त अनुगमन तथा मल्यांकन गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुखहरु सहित केन्द्रले सम्पन्न गरेको कार्यक्रमको अनुगमन गरिएको छ । अनुगमन टोलीले डुडुवा ६ हिरमिनियाको बल्दीपुर्वा कृषि सहकारी संस्थालाई बितरण […]

  बर्दिया — काम सम्पन्न गरेर भ्याट बिल पेस गरे पनि भुक्तानी नपाएको भन्दै बर्दियाका निर्माण व्यवसायीले बुधबार सडक पूर्वधार विकास कार्यालयमा तालाबन्दी गरेका छन् । करिब २० जना निर्माण व्यवसायीले झण्डै ८ करोड रुपैयाँ यस आर्थिक वर्षमा भुक्तानी पाउनु पर्ने भन्दै कार्यालय प्रमुखको कार्यालय कक्षमा तालाबन्दी गरेका हुन् । प्रदेश सरकारले असार २४ गते […]

बाँके/  नेपालगंज उपमहानगरपालिका-२० राँझा बस्ने ४५ वर्षीय ललन पठानलाई  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित मंगलबार  दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

  बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ । नेपालगञ्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको बजेट रहेकोमा असार २४ गतेसम्म एक अर्ब ४७ करोड दुई लाख १५ हजार ६१७ रुपियाँ मात्रै खर्च […]

  २६ असार, बुटवल । साउदी अरबमा फाँसीको सजाय सुनाइएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ का रामआशिष यादव पीडित पक्षसँग मिलापत्र भएपछि अब सकुशल घर फर्किने भएका छन् । पीडित पक्ष ब्लडमनीवापत् ५० लाख रुपैयाँ लिएर माफी दिन सहमत भएपछि यादवको ज्यान जोगिने निश्चित भएको हो । साउदी अरबमा यादवसँगै बस्दै आएका रुपन्देहीको कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद […]

हाल मौसमको अवस्था कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   २०८१ असार २५ गते (मंगलबार) रातीː देशभर साधारणतया बदली रहने छ ।कोशी, मधेश, बागमती […]

जानकी/रासस — बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय […]